लुम्बिनी प्रदेश सरकार विस्तार, थपिए यी तीन मन्त्री

सदरलाइन संवाददाता ८ जेष्ठ २०८०, सोमबार १४:३०
 

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकार विस्तार गरेका छन् । मुख्यमन्त्रीसहित चार जना मन्त्री रहेकोमा तीन जना नयाँ मन्त्री थपेर मुख्यमन्त्री चौधरीले सरकार विस्तार गरेका हुन् ।

नेपाली कांग्रेसबाट एक, जनता समाजवादीबाट एक र जनमत पार्टीबाट एक गरी तीन जना मन्त्री थपिएका हुन् ।

कांग्रेसबाट राजु खनाल स्वास्थ्य मन्त्री, जनता समाजवादी पार्टीका भण्डारी लाल अहिर कृषि तथा भूमि व्यवस्था मन्त्री, जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्री बनेका छन् ।


वैशाख १५ मा मन्त्री बनेका नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डेलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री चौधरीले आफूसँग तीन वटा मन्त्रालय राखेका छन् ।

खानेपानी ग्रामीण तथा सहकारी विकास, वन तथा वातावरण मन्त्रालय, उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय आफूसँगै राखेका छन् ।

भागबण्डा पुर्याउन मन्त्रालय र राज्यमन्त्री थप्ने तयारी गरिएपनि मुख्यमन्त्री मन्त्रालय बढाउने विषयबाट पछि हटेका छन् । अघिल्लो सरकारको पालामा रहेका मन्त्रालयहरुको संख्यालाई कायम राख्नेगरी मुख्यमन्त्री अघि बढेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विषयगत शिक्षक माग गर्दै बैजनाथमा विद्यार्थी आन्दोलित

८ जेष्ठ २०८०, सोमबार १४:३०
बैजनाथ (बाँके) : बैजनाथ गाउँपालिका वडा नं.३ स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरु आन्दोलित भएका छन् । विगत ६ महिनादेखि विषयगत शिक्षक नहुँदा उनीहरु आन्दोलित भएका हुन् । शिक्षक नियुक्तिमा चरम राजनितिक भएका कारण उक्त विद्यालयमा शिक्षक नियुक्ति हुन सकेको छैन । नेकपा एमाले निकट अनेरास्ववियुले उक्त विद्यालयमा शिक्षक नियुक्तीमा राजनीति […]