पूर्व पिएलएलाई संगठित गर्दै माओवादी केन्द्र बाँके

सदरलाइन संवाददाता २ जेष्ठ २०८०, मंगलवार १३:३३
 

कोहलपुर (बाँके) : परिवर्तनकारी आन्दोलनमा महत्वपूर्ण योगदान भएको पूर्व जनमुक्ति सेनालाई सङ्गठित गर्ने अभियानमा माओवादी केन्द्र बाँके जुटेको छ । सो क्रममा पूर्व जनमुक्ति सेना नेपाल बाँकेको जिल्ला भेलाको तयारीको बैठक कोहलपुरमा सम्पन्न भएको छ । बैठकले पूर्व बिर्गेड साहयक कमान्डर सुन्दरको संयोजकत्वमा २५ सदस्यीय तयारी कमिटी गठन गरेको छ ।

तयारी समितिले यहि जेठ २५ गते वाके जिल्लाको वृहत जिल्ला भेला गर्ने निर्णय गरेको माओवादी केन्द्र बाँकेका जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्सले जानकारी दिए । तयारी बैठकमा जिल्लाभरका झण्डै १ सय पूर्व जनमुक्ति सेनाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य नरेन्द्र न्यौपानेले १० वर्षे जनयुद्धमा युद्ध मोर्चाको नेतृत्वका गरेका कमाण्डरहरूले अव आर्थिक समृद्धि र समाजवादका आधारहरू खडा गर्ने योगदान गनु पर्ने बताए ।

कार्यक्रममा माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे पछिलो समय योगदान गरेको जनमुक्ति सेना राजनैतिक काम भन्दा बाहिर गएको जस्तो लागेर सङ्गठित गर्ने अभियान सुरु गरिएको बताए । उनले जनमुक्ति सेनाले फेरी एक पटक देशका लागी योगदान गर्ने बेला आएको समेत बताए ।


उनले माओवादी पार्टीले जनमुक्ति सेनाको योगदान लाँइ संस्थागन गर्न चाहेको समेत बताए । कार्यक्रममा माओवादी केन्द्रका नेता तुला राज बिष्ट बिहानी लगायत पूर्व जनमुक्ति सेनाका बिभिन्न तहका कमान्डरहरूको सहभागिता थियो ।

बाँके जिल्लामा झण्डै १ हजारको हाराहारीमा पूर्व जनमुक्ति सेनाका सदस्यहरूको बसोवास रहेको जिल्ला संयोजक जेम्सले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिकेको सीपलाई प्रयोगमा ल्याउन आचार्यको आग्रह

२ जेष्ठ २०८०, मंगलवार १३:३३
कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्णप्रसाद आचार्यले सिकेको सीपलाई व्यबहारिकरुपमा प्रयोगमा ल्याउन आग्रह गरेका छन् । कोहलपुर नगरपालिका र नेपाल युथ फाउन्डेसन नेपालको संयुक्त साझेदारीमा संचालित तीन महिने प्लम्विङ तालिमको अनुगमन गर्दै नगर प्रमुख आचार्यले सिकेको सीपको सदुपयोग गर्न सुझाव दिए । युवाहरूलाई सीपमूलक तालिम दिएर रोजगारतर्फ समाहित […]

सम्बन्धित