पूर्वराजा शाहको नागरिक अभिनन्दनका लागि समिति र उपसमिति गठन

सदरलाइन संवाददाता १४ बैशाख २०८०, बिहीबार १६:१९
 

नेपालगञ्ज : पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनलाई भव्य बनाउन नेपालगञ्जमा तयारी भइरहेको छ । पूर्वराजाको नेपालगञ्जमा हुने नागरिक अभिनन्दनका लागि पाँच हजार एक सदस्यीय मूल समिति र १४ वटा उपसमिति बनाइएको छ ।

राप्रपाका महामन्त्री एवं प्रतिनिधिसभाका सांसद डा. धवल शमशेर राणाको संयोजकत्वमा राजतन्त्र पक्षधर र हिन्दु संघ संंस्थाका प्रतिनिधिलाई समेटेर समिति बनाइएको हो ।

नितु चन्दको संयोजकत्वमा स्वागत, ओमप्रकाश आजादको संयोजकत्वमा मञ्च व्यवस्थापन, ऋषिराज देवकोटाको संयोजकत्वमा प्रचारप्रसार, नन्दलाल वैश्यको संयोजकत्वमा आर्थिक, तारामान कुँवरको संयोजकत्वमा यातायात, विन्दु चर्तिमगरको संयोजकत्वमा संघ संंस्था समन्वय, हुकुम केसीको संयोजकत्वमा स्वयंसेवक र मंगल जीएमको संयोजकत्वमा सुरक्षा उपसमिति बनेको छ ।


यस्तै, पवित्रा सुब्बाको संयोजकत्वमा अनुगमन, रुद्र न्यौपानेको संयोजकत्वमा पार्टी परिचालन, मदनराज शर्माको संयोजकत्वमा धार्मिक समन्वय, गौरव चन्दको संयोजकत्वमा प्रचार–प्रसार सामग्री व्यवस्थापन, इन्दिरा शाहीको संयोजकत्वमा स्वास्थ्य र सलाउद्दिन जसगढको संयोजकत्वमा मुस्लिम समुदाय समन्वय उपसमिति बनाएर परिचालन गरिएको छ ।

उपसमितिका संयोजकले आ–आफ्ना समितिलाई पूर्णता दिँदै काम गरिरहेका छन् । राप्रपाका सहमहामन्त्री एवं प्रचार–प्रसार उपसमितिका संयोजक ऋषिराज देवकोटाका अनुसार पूर्वराजा परिवारसहित शुक्रबार नेपालगञ्ज आउँदैछन् । साँझ नेपालगञ्ज आउने पूर्वराजाको १७ गते जुम्ला भ्रमण छ भने १८ गते नेपालगञ्जको बागेश्वरी मन्दिरमा हुने महाआरतीमा सहभागी हुने कार्यक्रम रहेको छ ।

एक महिना नेपालगञ्जमा बसेर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको भ्रमण गर्ने पूर्वराजाको २० गते नेपालगञ्जको रामलिला मैदानमा नागरिक अभिनन्दन कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा लागूऔषध प्रयोग गर्ने महिला बढ्दै

१४ बैशाख २०८०, बिहीबार १६:१९
नेपालगञ्ज : लागूऔषध दुव्र्यसनीविरुद्ध काम गरिरहेका संस्थाहरूका अनुसार बाँकेमा पछिल्ला वर्षहरूमा महिला लागूऔषध प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा लागूऔषध सेवन गर्ने महिलाको सङ्ख्या बढ्दै गएपछि त्यसलाई रोक्न तत्काल प्रभावकारी कदम चाल्नुपर्ने कुरामा जोड दिँदै त्यसो नगरिए अवस्था गम्भीर हुने चेतावनी सरोकारवालाहरूले दिएका छन् । दिनप्रतिदिन वृद्धि हुँदै गएका […]