नेपालगञ्ज : भगवान परशुराम जन्मोत्सवका अवसरमा आइतवार नेपालगञ्जमा शोभायात्रा निकालिएको छ । रामजानकी मन्दिर रानितलाउ समितिको आयोजनामा भगवान श्री परशुराम जन्मोत्सवको अवसरमा विभिन्न धार्मिक संगठनहरुले आइतवार विहान पैदल तथा मोटरसाइकल र्याली निकालेका थिए ।
आइतबार बिहान ८ बजे शोभायात्रा र मंगल कलश यात्रा गरी पुनः भगवान परशुराम मन्दिर रानितलाउमा हवन, पुजापाठका साथै प्रसाद ग्रहण गरिएको थियो ।
श्री भगवान परशुराम हिन्दु धर्मका अनुसार परशुरामलाई भगवान् विष्णुका १० मुख्य अवतारहरूमा छैठौँ अवतार मानिएको छ । परशुरामको मुख्य हतियार परशु (बन्चरो) भएकोले उनको नाम परशुराम भएको मानिन्छ ।
परशुरामका पिताको नाम ऋषि जमदग्नि र माताको नाम रेणेका थियो । परशुराम एक ऋषिपुत्र भएपनि उनमा क्षत्रीय गुणहरू थिए । परशुरामले २१ पटक पृथ्वीका क्षत्रियहरूको संहार गरेका थिए ।