२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

कोरोना संक्रमणबाट भेरी अस्पतालमा एक जनाको मृत्यु



नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट नेपालगञ्जस्थित भेरी अस्पतालमा एक जनाको मृत्यु भएको छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा शनिवार मृत्यु भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भेरी अस्पतालमा लगिएको थियो । उनलाई बैशाख १ गते कोभिड संक्रमण पुष्टि भएको थियो । उनलाई दमको पनि समस्या थियो ।

प्रकाशित मिति : २०८० वैशाख ९ गते शनिबार
ताजा समाचार