कोहलपुर ‘भ्यू टावर’को निर्माण अन्तिम चरणमा

सदरलाइन संवाददाता २९ चैत्र २०७९, बुधबार १४:०४
 

कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाको गौरवको आयोजना कोहलपुर भ्यू टावर निर्माण कार्य सम्पन्न हुने चरमा पुगेको छ । उक्त भ्यू टावर निर्माणका लागि कूल ५ करोड ८८ लाख रकम विनियोज गरिएको थियो ।

उक्त भ्यू टावर अब दुई हप्ता भित्र सम्पन्न गरिने एशोसिएट जय भवानी निर्माण कम्पनीका संचालन अर्जुन पनेरुले जानकारी गराएका छन् ।


कोहलपुर वडा नं.११ गोलपार्कमा उक्त भ्यू टावर निर्माण भइरहेको छ । भ्यू टावर निर्माण सम्पन्न पश्चात उक्त क्षेत्रमा आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वासका साथ आयोजना अगाडी बढाइएको निर्वतमान कार्यपालिका सदस्य डिल बहादुर परियारले उल्लेख गरेका छन् । उक्त गौरवको आयोजना निवर्तमान नगर प्रमुख लुटबहादुर रावतको कार्यकालमा शुरुवात गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रोल्पामा उत्पादन गरिएको अफिम खेती प्रहरीद्वारा नष्ट

२९ चैत्र २०७९, बुधबार १४:०४
रोल्पा : रोल्पामा ठूलो मात्रामा उत्पादन गरिएको अफिम खेती प्रहरीको टोलीले नष्ट गरेको छ । रोल्पा जिल्ला परिवर्तन गाउँपालिकाका बिभिन्न स्थानहरुले अबैध रुपमा अफिम खेती भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी सुराकी समेत प्रयोग गरी प्राप्त सुराकका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले सम्बन्धित ठाउँमै पुगेर सबै अफिम नष्ट गरेको हो […]