बर्दियाका दुई महिलालाई बाघले खायो

सदरलाइन संवाददाता ६ चैत्र २०७९, सोमबार १७:२२
 

नेपालगञ्ज : बर्दियामा बाघले दुई महिलालाई खाएको छ । बर्दियाको मधुबन नगरपालिका वडा नं. ५ मा रहेको चिरउती सामुदायिक बनमा सोमवार दिउँसो दुई बजे दुबै महिलालाई बाघले खाएको हो ।

मधुबन नगरपालिका ५ की ५० वर्षीया धनसरा गुरुङ र सोही ठाउँकी ४५ वर्षीया समुन्द्री बुढाक्षेत्रीलाई बाघले खाएको बर्दिया प्रहरीले जनाएको छ ।


दुबै जना घास दाउरा गर्न जंगल गएको बेला बाघले आक्रमण गरेको थियो । दुबै जनाको शव भेटिएको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘गिरिजाबाबु’ को १३औं स्मृति दिवसमा विरामीलाई फलफूल वितरण

६ चैत्र २०७९, सोमबार १७:२२
नेपालगञ्ज : पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पूर्व पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको १३औं स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस बाँकेले फत्तेबाल आँखा अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ । पार्टी सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा भएको कार्यक्रममा एक सय ५० बढी बिरामीलाई फलफूल वितरण गरिएको पार्टीका प्रवक्ता डिल्ली गिरीले जानकारी दिए । […]