साढे १ लाखको कुखुरा बरामद, एक फरार प्रतिवादी पक्राउ

सदरलाइन संवाददाता ३ चैत्र २०७९, शुक्रबार १५:०१
 

नेपालगञ्ज : बाँके प्रहरीले भारतबाट अवैध रुपमा ल्याएको ठुलो परिमाणमा कुखुरा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भारतबाट अवैधरुपमा ल्याउँदै गरेको साढे १ रुपैयाँ बराबरका कुखुरालाई नेपालगञ्ज १० शितलनगरबाट बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार २१९ पिस कुखुरा बरामद गरिएको हो । जिल्ला प्रहरी बाँकेले बिहीवार बरामद गरिएका अवैध कुखुरालाई आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगञ्ज पठाईएको जानकारी दिएको छ ।

फरार प्रतिवादी पक्राउ


त्यस्तै जिल्ला प्रहरी बाँकेले लागूऔषध मुद्दामा दोषी ठहर भएर लामो समयदेखि फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला अदालत बाँकेबाट मिति २०७७ भदौ ९ गतेको फैसलाबाट लागूऔषध मुद्दामा दोषी ठहर भएर हालसम्म फरार रहेका कोहलपुर–२ का २६ बर्षीय महादेव घिमिरेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

घिमिरेलाई जिल्ला अदालत बाँकेले १ बर्ष जेल सजायको फैसला सुनाएयता फरार रहँदै आएका उनलाई जिल्ला प्रहरी बाँकेबाट खटिएको टोलीले पक्राउ गरेको हो । घिमिरेलाई आबश्यक कारबाहीका लागि आज जिल्ला अदालत बाँके बुझाईएको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

फरार रहेका घिमिरेलाई कहाँबाट पक्राउ गरिएको बारे भने जिल्ला प्रहरी कार्यालय खुलाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्ववियु निर्वाचन बागेश्वरी बहुमुखी क्याम्पसमा चैत ५ गते हुने

३ चैत्र २०७९, शुक्रबार १५:०१
नेपालगञ्ज : मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन चैत ५ गते हुने भएको छ । शुक्रबार ३ गते कार्यकारी परिषदको निर्णय र रजिष्ट्रार कार्यालयको स्व.वि.यू. निर्वाचन गर्नु गराउनु भन्ने निर्देशन भए अनुसार वागेश्वरी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हुने भएको हो । यस अघि आज शुक्रबार चैत्र ३ […]