२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

बाँकेमा तीन लाख बराबरको भन्सार छलिको जुत्ता बरामद



नेपालगञ्ज : इलाका प्रहरी कार्यालय हिरमिनियाले ठुलो मात्रामा भन्सार छलिको सामान पक्राउ गरेको छ ।

प्रहरी कार्यालय हिरमिनियाका बरिष्ठ प्रहरी नायब निरीक्षक तोजेन्द्र बिसीका अनुसार भारतबाट अबैध रुपमा भित्रिएको तीन लाख बराबरको सामान पक्राउ गरिएको हो ।

बिसीको कमाण्डमा खटिएको टोलीले बालेगाउँको गहुँबारीबाट सोमबार तीन लाख बराबरको जुत्ता बरामद गरेको छ ।

बरामद भएको सो सामान आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाईएको छ ।

प्रकाशित मिति : २०७९ फागुन ३० गते मंगलबार
ताजा समाचार