२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

मोटरसाईकल दुर्घटनामा परि कोहलपुरका धितालको मृत्यु



बर्दिया : बर्दियाको बाँसगढीमा मोटरसाईकल दुर्घटना हुँदा कोहलपुरका एक युवकको मृत्यु भएको छ ।

आईतबार राति ११ः५५ बजेको समयमा भे६प ९०१५ मोटरसाईकल दुर्घटना भएको इलाका प्रहरी कार्यालय मोतिपुर, बाँसगढीले जनाएको छ ।

बाँसगढी –५ केदारेश्वेर धाम नजिकै भएको दुर्घटनामा परेर कोहलपुर–१ कौशिलानगरका २९ वर्षीय केशव धिताल गम्भीर घाइते भएका थिए ।

घाइते भएका धिताललाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पु¥याइएको थियो । उनको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ फागुन २९ गते सोमबार
ताजा समाचार