२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

चितुवाको हड्डीसहित डडेल्धुराबाट दुई जना पक्राउ



नेपालगञ्ज : डडेल्धुराबाट चितुवाको हड्डीसहित दुई जना पक्राउ परेका छन् । अमरगढी नगरपालिका–५ बागबजारबाट चितुवाको हड्डीसहित झाण्डै ४ किलो सहित दुई जनालाई शनिवारराति पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बाजुरा बुढीगंगा नगरपालिका–१० का २६ वर्षीय राजेन्द्र जैसी र खप्तड छेडेदह गाउँपालिका–७ का २७ वर्षीय बीरबहादुर वली रहेका छन् ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले चितुवाको हड्डीसहित दुबै जनालाई पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७९ फागुन १४ गते आइतबार
ताजा समाचार