गोली लागेको अवस्थामा सुर्खेतमा प्रहरी जवान मृत भेटिए

सदरलाइन संवाददाता ११ फाल्गुन २०७९, बिहीबार १३:३१
 

नेपालगञ्ज : एक जना प्रहरी गोली लागेको अवस्थामा मृत भेटिएका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान कवीन्द्र विक गोली लागेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

दार्चुला घर भइ हाल कर्णाली प्रदेश प्रहरी गण सुर्खेतमा कार्यरत प्रहरी जवान विक बुधवार राती २ बजेर ५६ मिनेटमा कन्चटमा गोली लागेको अवस्थामा उनको शव फेला परेको हो ।


जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार भेटिएका प्रहरी जवान विकको शव पोस्टमर्टमका लागि कर्णाली प्रदेश अस्पतालमा राखिएको छ ।

जवान विकले आफैंलाई गोली हानेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमानमा देखिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘नेपाल फोटोग्राफी समिट’ नेपालगञ्जमा गरिँदै

११ फाल्गुन २०७९, बिहीबार १३:३१
नेपालगञ्ज : आगामी चैतको पहिलो साता नेपालगञ्जमा नेपाल फोटोग्राफी समिट गरिने भएकोछ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस समिटमा देशभरबाट १ सय ११ जना फोटो पत्रकार र फोटोग्राफरहरु सहभागी हुनेछन् । ‘नेपालको फोटोग्राफीको विकासमा यो समिट कोशेढुंगा सावित हुनेछ’ समिटका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने ‘समिटमा फोटोग्राफीमा […]