पाल्पामा बस दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु

सदरलाइन संवाददाता २२ पुष २०७९, शुक्रबार १३:१७
 

नेपालगञ्ज : पाल्पामा बिहीवार राती बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृतक सबै पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं ८ खुसार्ने गाउँका महिला हुन् ।

मृतकहरुमा ५४ वर्षीया खिमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, २१ वर्षीया दानकुमारी खत्री, ४५ वर्षीया गुनी गाहा र १९ वर्षीया विमा पाण्डे रहेका रैनादेवी छहरा गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिए ।

रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको यात्रुबाहक बस रैनादेवी छहरा गाउँपालिका वडा नं ८ मधुवन टारीफाँट नजिकै राधादी गैराजंगलमा राति साढे ९ बजेतिर दुर्घटना भएको थियो ।


ग १ ख ४९७७ नम्बरको बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेर दुर्घटना भएको प्रहरी चौकी जुठापौवाका बरिष्ठ हवल्दार लिलाबहादुर केसीले जानकारी दिए ।

दुर्घटनामा १६ जना घाइते भएका छन् । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वस्थानी व्रत एवम् माघस्नान शुक्रवारदेखि शुरु

२२ पुष २०७९, शुक्रबार १३:१७
नेपालगञ्ज : हरेक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवम् माघस्नान शुक्रवारदेखि शुरु भएको छ । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पुस शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र […]