मृतकका परिवारलाई आर्थिक सहयोग

सदरलाइन संवाददाता ५ पुष २०७९, मंगलवार १३:११
 

दैलेख : छेडागाड नगरपालिका–४, खान्तिजेवा भीरमा जिप दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । दुर्घटनामा परी मृत्यु भएका भगवतीमाई गाउँपालिका र छेडागाड नगरपालिकाका १२ जनालाई जनही १५ हजार रुपैयाँका दरले भगवतीमाई गाउँपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको हो ।

भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापाले मृतकका आफन्तलाई किरिया खर्च भनी प्रतिमृतक १५ हजार रुपैयाँ सहयोग गरेको जानकारी दिए । गाउँपालिकाको कार्यपालिका बैठकले मृतकका परिवारलाई किरिया खर्च दिने निर्णयअनुसार उक्त रकम सहयोग उपलब्ध गराइएको जनाइएको छ ।


मङ्सिर २६ गते भगवतीमाई गाउँपालिका–३, मेहेल्तोलीबाट जन्ती लिएर गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा चालकसहित १० जनाको घटनास्थलमै र दुई जनाको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कैलालीमा टिप्परले अटो रिक्सालाई ठक्कर दिँदा बालकको मृत्यु

५ पुष २०७९, मंगलवार १३:११
धनगढी : कैलालीमा टिप्परले अटो रिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको गोदावरी नगरपालिका–६ लालपुरमा बुधबार बिहान सुपप्र ०१००१ क २०२० नम्बरको टिप्परले सुपप्र ०१००१ ह ४९१८ को अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा अटोमा सवार गोदावरी […]