सुन व्यवसायीमाथि गोली प्रहारले व्यवसायी त्रसित

सदरलाइन संवाददाता ४ पुष २०७९, सोमबार १२:२४
 

धनगढी : आइतवार साँझ अत्तरियामा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएपछि सो क्षेत्रका व्यवसायीहरू त्रसित बनेका छन् । आइतबार साँझ अत्तरियामा व्यापारीमाथि गोली प्रहार भएपछि व्यवसायीहरूले असुरक्षित महसुस गरेका हुन् ।

ईलाका प्रहरी कार्यालय मालाखेती र सशस्त्र प्रहरीको सुदूरपश्चिम मुख्यालयनजिकै गोदावरी नगरपालिका १ धनगढी रोडमा रहेको न्यु घोडाघोडी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय विकास गौतम (सुनार) माथि मोटरसाइकलमा आएका दुई जनाको समूहले गोली प्रहार गरेको थियो ।

खतरामुक्त रहेका विकासको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भैरहेको छ । उनको हातमा गोली लागेको प्रहरीले जानकारी दिएको छ ।


जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदप्रकाश जोशीले पसल बन्द गरेर डेरातिर जाँदै गरेका विकासलाई गोदावरी नगरपालिका २ सशस्त्र प्रहरीको मुख्यालयअगाडि पूर्वबाट पश्चिमतर्फ आउदै गरेको नम्बर नखुलेको सेतो कलरको अपाचे मोटरसाइकलमा आएका दुईजना व्यक्तिले गोली हानेर उनीसँग रहेको तयारी सुनका करिब ३२/३३ तोला सुन लुटेर फरार भएको बताए ।

प्रहरीले लुटेराहरूको पहिचानका लागि सुनचाँदी पसलदेखि गोली प्रहार भएको स्थानका सिसिटिभी क्यमेराको फुटेजको समेत अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लोप हुँदै परम्परागत प्रविधि

४ पुष २०७९, सोमबार १२:२४
दाङ : घोराही उपमहानगरपालिका–५ निवासी सावित्रा डाँगी केही वर्षअघिसम्म ढिकीमा धान, गहुँ, जौ र बेसार कुट्नेदेखि जाँतोमा चामल, मकैलगायतको पिठो पिस्ने काम गर्थिन् । यसरी पिसेको पिठोबाट बनाएको खाने परिकार स्वादिलो हुने गर्दथ्यो । पूजाआजामा चढाउन तथा चोखो शुद्ध परिकार बनाउनका लागि समेत ढिकीमा कुट्नेदेखि जाँतोमा पिठो पिस्ने गर्थिन् । […]

सम्बन्धित