दाङका किसानलाई धान धित्र्याउने चटारो

सदरलाइन संवाददाता २७ आश्विन २०७९, बिहीबार १५:२८
 

नेपालगञ्ज : लामो समय झरी लागेर दुई दिनदेखि मौसम खुल्न थालेपछि किसानलाई धान भित्र्याउने चटारो शुरु भएको छ । बुधबारदेखि मौसममा केही सुधार आएपछि किसानहरुलाई धान काटेर भित्र्याउने चटारो शुरु भएको हो ।

अहिले अरु काम छाडेर धान भित्र्याने काममा लागेको किसानहरु बताउँछन् । लमही नगरपालिका वडा ५ लमहीका पुन्टेश्वर चौधरीले धान पाकिसकेकोले मौसम खुलेपछि अरु काम थाती राखेर धान काट्ने काममा लागेको बताए । धान काट्दै गरेका किसानमा फेरि पानी पर्ने हो कि भन्ने त्रास भने कायमै छ ।

वर्षभरिको खेतीलाई स्याहार्न नपाइ पुनः पानी पर्ने हो कि भन्ने चिन्ता यथावत् रहेको बताउँदै किसानले आकाशे पानीको फाइदा र बेफाइदा दुवै रहेको बताए । खेतमा धान काट्दै आकाशतिर ध्यान लगाउनुपरेको उनीहरुको भनाइ छ ।


राप्ती गाउँपालिका –१ पाखापानीका लोकराज पौडेलले आकाश सफा देखेर धान काट्न शुरु गरेको बताए । लामो समयदेखि परेको अविरल वर्षाले दाङ–देउखुरी नदी तटीय क्षेत्रमा बाढी र डुबानले धान खेतीमा क्षति पु¥याएको छ । धान पुरेर बलौटे माटोले ढाकेको छ ।

अग्लो र उँचो स्थानको खेतमा पनि धान ढलेपछि बोटमै कुहिने र उम्रिने गरेको किसानहरुको भनाइ छ । बाढी र डुबानले धानखेतीमा पु¥याएको क्षतिको पूर्ण विवरण आउन सकेको छैन । गढवा गाउँपालिका कृषि शाखा प्रमुख कर्ताराम यादवले क्षतिको विवरण सङ्कलन भइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एक ढिक्का भएर चुनावमा होमिन कांग्रेस बाँकेको आह्वान

२७ आश्विन २०७९, बिहीबार १५:२८
नेपालगञ्ज : नेपाली कांग्रेस बाँकेले मंसिर ४ गते हुने निर्वाचनमा एक ढिक्का भएर परिचालन हुन पार्टी पंक्तिलाई आह्वान गरेको छ । बिहीवार बसेको जिल्ला कार्यसमितिको बैठकले विगत भुलेर कांग्रेस र गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन एक मनका साथ चुनावमा होमिन आह्वान गरेको हो । जिल्ला सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा बसेको बैठकले […]