खसी विक्री नहुँदा बाँकेका किसान चिन्तित्

सदरलाइन संवाददाता २६ आश्विन २०७९, बुधबार १३:५१
 

नेपालगञ्ज : दशैंमा विक्री गर्न पालिएका खसी विक्री नहुँदा बाँकेका किसान निराश भएका छन् ।

यो वर्षको दशैं लक्षित गरी बाँकेका महिला किसानले एक हजार सात सय खसी विक्री गर्ने लक्ष्य राखेका थिए । तर दशैंमा पाँच सय खसी मात्रै विक्री भएको सामाजिक उद्यमी जिल्ला सहकारी संघ बाँकेकी अध्यक्ष वसन्ती सुनारले जानकारी दिइन् । उनका अनुसार, यो वर्षको दशैंमा खसीको माग कम भएका कारण विक्री नहुँदा ग्रामीण क्षेत्रका महिला किसान निराश भएका छन् ।


बाँकेको कचनापुर, महादेवपुरी, फत्तेपुरलगायत गाउँमा महिलाले उत्पादन गरेका खसी सामाजिक उद्यमी जिल्ला सहकारी संघ बाँके मार्फत काठमाण्डौलगायत बाहिरी जिल्लामा विक्री हुँदै आएका छन् ।

विगतमा काठमाण्डौका व्यापारीसँग मिलेर खसी काठमाण्डौ पठाउने गरिए पनि अहिले त्यो गर्न नसकिएकाले विक्री कम भएको सामाजिक उद्यमी जिल्ला सहकारी संघका व्यवस्थापक नवीन साहुले जानकारी दिए । व्यावसायिक रूपमा बाख्रापालन गरिरहेका महिलाले तौल गरेर खसी विक्री गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुरमा वडाध्यक्षको नेतृत्वमा क्षतिको विवरण संकलन गरिने

२६ आश्विन २०७९, बुधबार १३:५१
नरैनापुर (बाँके) : नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बाढीले क्षति पुगेका परिवारको पहिचान गरी राहतमा कुनै कसर बाँकी नराखी काम गर्न स्थानीय विपद व्यवस्थापन समितिलाई निर्देशन दिएका छन् । बाढीले सबैतिर आक्रान्त पारेपछि विपद व्यवस्थापन समितिको आकश्मिक बैठक राखेर उनले ६ वटै वडाका अध्यक्ष,स्थानीय प्रहरी, रेडक्रासकर्मी, स्वयसेक र स्वास्थ्य […]