२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

दाङमा १० अर्ब लागतमा राप्ती करिडोर निर्माण हुँदै



दाङ : दाङको देउखुरीमा झन्डै १० अर्ब लागतमा राप्ती करिडोर निर्माण गर्न थालिएको छ ।

सहरी विकास मन्त्रालय र एशियाली विकास बैंक (एडिबी)को संयुक्त लागतमा करिडोर निर्माण गर्न लागिएको हो । जस्कोसहरी विकास मन्त्री मेटमणि चौधरीले शिलान्यास गरेका हुन् ।

राप्ती करिडोर निर्माण पुरा भएमा यसक्षेत्रको पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने चौधरीले विश्वास ब्यक्त गरे ।

राप्ती नदीको बाढीबाट हुने कटान र डुबानको समस्या दीर्घकालीन रुपमा समाधान हुने मन्त्री चौधरीले बताए । ‘यो परियोजनाले राप्ती नदीको समस्यालाई सधैंका लागि समाधान गर्नेछ,’ उनले भनेका थिए ‘सयौं बिघा जमिन उकास हुनेछ ।’

सहरी विकास मन्त्रालयका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले दाङको भालुवाङदेखि बाँकेको अगैयासम्म करिडोर बन्ने बताए । २१ मिटर चौडाइको करिडोर राप्ती नदीको दुवै किनारमा निर्माण हुने छ ।

नदीको उत्तरी अथवा राप्ती गाउँपालिका क्षेत्रमा ६७. ५० किलोमिटर र दक्षिणी अथवा गढवा गाउँपालिका क्षेत्रमा ६८ .३० किलोमिटर गरि कुल १ सय ३५ किलोमिटर क्षेत्रमा कोरिडोर निर्माण गर्न थालिएको हो ।

यो करिडोर संगै चारवटा शहरको परिकल्पना गरिएको छ । पूर्वको भालुवाङदेखि पश्चिमका गढवा, राजपुर र बाँकेको अगैयामा नयाँ ठूला सहरको विकास गर्ने परिकल्पना गरिएको मन्त्रालयका महानिर्देशक श्रेष्ठले बताए ।

लुम्बिनी प्रदेश सरकारले देउखुरीको राप्ती गाउँपालिका, अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नं ८ र ९, दाङकै गढवा गाउँपालिका वडा नं १, २ र ३ को ४ सय ८० वर्गकिलोमिटर क्षेत्रमा पूर्वाधारहरु बनाउने योजनाका साथ बृस्तृत गुरुयोजना तयार पारेको छ । राप्ती गाउँपालिका लुम्बिनी प्रदेशको स्थायी राजधानीको केन्द्र हो ।

प्रकाशित मिति : २०७९ साउन ३१ गते मंगलबार
ताजा समाचार