बाँकेको राप्तीनदी र डुडुवा खोलामा नयाँ पुल निर्माण हुने

सदरलाइन संवाददाता १३ श्रावण २०७९, शुक्रबार १४:१७
 

नेपालगञ्ज : बाँकेको सदरमुकाम नेपालगञ्जलाई राप्तीसोनारी र नरैनापुर गाउँपालिकासँग जोड्ने एक मात्र माध्यम कम्दीस्थित राप्तीनदी र डुडुवा खोलामा निर्माण गरिएका पुलहरु निकै साँघुरा र जिर्ण बनेपछि ती दुबै पुल नयाँ र ठुला निर्माण गरिने भएका छन् ।

ती दुबै पुल साना र जीर्ण भएकोले राप्तीपारीका नागरिकलाई सदरमुकाम आउन जान निकै समस्या हुने गरेको तथा वर्षामा बाटोनै अवरुद्ध हुने गरेकोले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ती दुबै पुल नयाँ बनाउने भएको हो ।


राप्ती नदी र डुडुवा खोलामा नयाँ पुल निर्माणको प्रक्रिया अघि बढिसकेको मन्त्रालयले जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका बाँके क्षेत्र नं.२ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले दुबै नयाँ पुल निर्माण प्रक्रिया अघि बढिसकेको बताउँदै ती दुबै पुल निर्माणसँगै डडुवा गाउँपालिका–४ सिधनियादेखि नेपालगञ्जको पुष्पलाल चोकसम्मको हुलाकी सडकलाई स्तरबृद्धि गर्ने निर्णय मन्त्रालय गरिसकेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाघ दिवसका अवसरमा बाँकेमा अन्तरक्रिया

१३ श्रावण २०७९, शुक्रबार १४:१७
कोहलपुर (बाँके) : अन्तर्राष्ट्रिय वाघ संरक्षण दिवसका अवसरमा बाँकेको ढकेरीस्थित बाँके राष्ट्रिय निकुञ्जले अन्तक्रिया तथा छलफल कार्यकम गरेको छ । स्थानिय प्राकृतिक स्रोत र साधनहरुको संरक्षण तथा उपभोगका लागि छलफलमा बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका सामूदायिक बनका उपभोक्ता समितिका पदाधिकारीहरु, उपभोक्ताहरु, निकुञ्ज सुरक्षार्थ खटिएका सुरक्षाकर्मी, निकुञ्जका कर्मचारी एवं पत्रकारहरुको सहभागिता […]