नेपालगञ्ज : कोहलपुरदेखि जमुनाहा नाकासम्म चल्ने यात्रुवाहक लोकल बस, म्याजिकले आन्दोलनमा उत्रिएका छन् । उनीहरुले माइक्रोबस र म्याजिक ल्याएर नेपालगन्ज उपमहानगरपालिका कार्यालय अगाडि शुक्रवार विहान साढे दुई घण्टासम्म सडकमा तेस्र्याए ।
नेपालगञ्जमा आधुनिक बसपार्क बनेपछि सबै बसहरु त्यहीबाट छुट्ने र एकपटक सबै त्यहाँ पुग्नै पर्ने नियम बनाइएको थियो । नेपालगञ्ज–कोहलपुर चल्ने लोकल सवारी साधनलाई पनि एकपटक बसपार्कमा पुग्नु पर्ने र ५० रुपैया दिनु पर्ने नियम बनाइएको थियो ।
यही नियमको विरुद्धमा लोकल बस सञ्चालकले आन्दोलित भएका हुन् । नेपालगन्ज–कोहलपुर चल्ने माइक्रो बस र म्याजिक बसपार्क जान अपायक पर्ने र दैनिक ५० रुपैया तिर्नुपर्ने नियम उचित नभएको सञ्चालकहरुको भनाइ छ । बसपार्क नजाने र ५० रुपैयाँ नतिर्ने भन्दै बस सञ्चालकले आन्दोलित भएका हुन् ।