भारतलाई विद्युत् बेचेर नेपालले २८ दिनमा कमायो १ अर्ब ७२ करोड

सदरलाइन संवाददाता १७ असार २०७९, शुक्रबार १५:१६
 

नेपालगञ्ज : भारतलाई विद्युत बेचेर नेपालले २८ दिनमा १ अर्ब ७२ करोड २९ लाख भन्दा बढी आम्दानी गरेको छ । बीबीसीले लेखेको समाचार अनुसार २८ दिनमा १७८.१९१ मिलियन युनिट बिजुली निर्यात गरेको छ ।

बिजुलीको उक्त परिमाण औसतमा ९.६७ रुपैयाँ प्रति युनिटमा विक्री गरिएको छ । अधिकारीहरूका अनुसार नेपालले सरदरमा निर्यात गर्न पाउने सीमाको पूर्ण क्षमतामा विद्युत् बेचिरहेको छ ।


नेपालले जेठ १९ गतेबाट भारतको ऊर्जा बजारमा प्रतिस्पर्धा गरेर विद्युत् बेचिरहेको छ । जसका लागि प्रत्येक दिन १० देखि १२ बजेसम्म समय तोकिएको हुन्छ ।

बजारको मागका आधारमा तय हुने मूल्य उक्त दिनको राति १२ बजेदेखि भोलिपल्ट १२ बजेसम्म लागु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लायन्स क्लव डिस्टिक ३२५ एनको सचिवालय नेपालगञ्जमा स्थापना

१७ असार २०७९, शुक्रबार १५:१६
नेपालगञ्ज  : सामाजिक क्षेत्रको अग्रणी संस्था लायन्स क्लव अफ ईन्टरनेशनल डिस्टिक ३२५ एनको सचिवालय नेपालगञ्जमा स्थापना गरिएको छ । एक वर्षको कार्यकाल रहने लयन्सका डिस्टिक गर्भनर सिबि चन्दले शुक्रबार एक कार्यक्रमका बिचमा सचिवालयको उद्घाटनसंगै पदस्थापना गरे । उनले क्लवमा लियो क्लवको संख्या बृद्धी गर्ने, आफ्नै कार्यालय भवन निर्माण गर्ने र […]