बुधवार राष्ट्रीय धान दिवस, बाँकेमा रोपाई महोत्सव मनाइयो

सदरलाइन संवाददाता १५ असार २०७९, बुधबार १४:५२
 

नेपालगञ्ज : १९ औं राष्ट्रिय धान दिवस बुधवार मनाइएको छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाइएको हो । दिवसका अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिका–३ मा पनि कृषि ज्ञान केन्द्रले रोपाई महोत्सव गरेको छ । बाँकेमा अहिलेसम्म ३ प्रतिशत मात्रै धान रोपाई भएको छ । ब्याड तयारी अवस्थामा छ । तर, बर्षात नभएका कारण किसानहरुले रोपाइँ गर्न पाएका थिएनन् । मंगलवार रातिदेखि बाँकेमा वर्षा भइरहेकाले अब किसानले रोपाई गर्न पाउने छन् ।

यसै क्रममा बाँकेको जानकी गाउँपालिका कृषि विकास शाखाको आयोजनामा १९ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ ।


धान दिवसका अवसरमा बुधबार खेतमा रोपाइ गरेर दही च्यूरा खाएर १९ औं राष्ट्रिय धान दिवस तथा रोपाई गरेर जानकीमा महोत्सव मनाइएको हो ।

धान दिवस तथा रोपाइ महोत्सव २०७९ लाई जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले उदघाटन गरेका थिए । जानकीको वडा नम्बर ४ छत्तरपुरस्थित धान रोपाई विशेष कार्यक्रम गरिएको हो ।

समयमै बर्षा नभएकाले रोपाइमा ढिलाइ भएको जानकी गाउँपालिका कृषि शाखाका प्रमुख मनोज मण्डलले बताए । विसं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पाँच जना बिचौलियालाई सम्झाई बुझाई छाडियो

१५ असार २०७९, बुधबार १४:५२
नेपालगञ्ज : सरकारी अस्पतालबाट निजी क्लिनीक र औषधी पसलमा जबर्जस्ती बिरामी लैजान खोज्ने पाँच जना बिचौलियालाई बाँके प्रहरीले नियन्त्रणमा लिएर सम्झाई बुझाई छाडेको छ । भेरी अस्पताल, नेपालगञ्ज परिसरबाटै आएका विरामीलाई आफू अनुकूलको मेडिकलबाट औषधी किन्न र परीक्षण गर्न कर लगाउने तथा निजी क्लिनीकमा लैजान जबर्जस्ती गर्ने पाँच जना बिचौलियालाई […]

सम्बन्धित