नेपालगञ्जको आर्थिक विकास योजना बन्दै

सदरलाइन संवाददाता ५ असार २०७९, आईतवार १७:५१
 

नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिका आर्थिक विकासका लागि योजना निर्माणमा जुटेको छ । आर्थिक क्षेत्रसँग सरोकार राख्ने विभिन्न संघ संस्थाका प्रतिनिधीसहित आईतबार आर्थिक विकास रणनीति तर्जुमा सम्बन्धि प्रारम्भिक कार्यशाला गरिएको छ ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सधैभरी आर्थिक श्रोतका लागि संघ र प्रदेशको मुख ताकेर बस्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि स्थानीय आवश्यकताका आधारमा योजना बनाएर आर्थिक गतिविधिमा केन्द्रीत हुनुपर्नेमा जोड दिए ।

अबदेखि नेपालगञ्जमा रणनीतिक र योजनावद्ध हिसावले काम अघि बढाइनेछ , नगर प्रमुख विष्टले भने,– नेपालगञ्ज आर्थिक नगरी भएका कारण यसले आर्थिक पाटोलाई मुख्य प्राथमिकता दिने गरेको छ । नगर प्रमुख विष्टले नेपालगञ्जमा हुने आर्थिक गतिविधिले समग्र प्रदेशलाई लाभ पुग्ने भन्दै यहाँ हुने आर्थिक क्रियाकलाप अनिवार्य उपमहानगरपालिकामा अभिलेखीकरण हुनुपर्नेमा जोड दिए ।


कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जगत बसनेतले आगामी आर्थिकवर्षको बार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माणको क्रममा रहेको अवस्थामा आर्थिक क्षेत्रका सरोकारवालासँग आर्थिक विषयमा छलफल हुनु आफैमा महत्वपूर्ण उपलब्धी भएको बताए ।

कार्यक्रमका अध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक एवम वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनले आर्थिक क्षेत्र विकासको मेरुदण भएको भन्दै अहिले बनाइने योजना सहज कार्यान्वयन हुनेखालका हुनुपर्ने बताए ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशी नेतृत्वको कार्यदलले तयार पारेको आर्थिक विकास रणनीति सम्बन्धि प्रारम्भिक मस्यौदामा अन्तरक्रियात्मक छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वर्गद्वारीको दर्शन गरेर फर्किएका दुई भारतीय पहिरोमा परी बेपत्ता

५ असार २०७९, आईतवार १७:५१
नेपालगञ्ज : प्युठानको स्वगद्वारी मन्दिरको दर्शन गरेर फर्किएका दुई भारतीय पहिरोमा परी बेपत्ता भएका छन् । लु २ ख २७१६ नम्बरको फोर्स गाडीबाट घर फर्किँदै गरेका दुई भारतीय कपिलवस्तुको शिवराज नगरपालिका–१ मा पर्ने धानखोलामा पहिरोमा परी बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा भारतको सिद्धार्थनगर जिल्ला बस्ने वर्ष १७ का निखिल […]

सम्बन्धित