चन्दननाथ गण मालिका ब्यारेक जाजरकोट विजयी

सदरलाइन संवाददाता १२ फाल्गुन २०७८, बिहीबार १६:१५
 

नेपालगञ्ज : भैरवप्रसाद गण, नेपालगञ्जले आयोजना गरेको कमाण्ड सेनापति ट्रफी फुटबल प्रतियोगितामा बिहीवार चन्दननाथ गण, मालिका ब्यारेक जाजरकोट विजयी भएको छ । चन्दननाथले भवानी दल गण, तेघरी ब्यारेक कैलालीलाई ४–१ गोलले पराजित गरेको हो ।

खेल शुरु भएको ४ मिनेटमै उमेश महतोको गोलले चन्दननाथ गणले अग्रता लिएको थियो । चन्दननाथका ईश्वर चौधरीले २५ र २७ मिनेटमा दुई गोल र चित्रबहादुर मिजारले ८१ मिनेटमा एक गोल गरेका थिए । प्रकाश श्रेष्ठले ७० मिनेटमा भवानी दल गणका लागि एक गोल गरेका थिए ।

कमाण्ड सेनापति ट्रफीका चार वटा विजेता टीम प्रधानसेनापति ट्रफीका लागि छनौट हुनेछन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अबको दुई वर्षमा रंगशाला निर्माण सम्पन्न हुने भएको छ । तीन महिना अघिबाट जमिन सम्याउने काम भइरहेको छ ।


अबको तीन महिनाभित्र भवन तथा अन्य संरचनाको डिजाइन बनाइ सकिने र त्यसपछि कामले गति लिने बताइएको छ । एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार रुपैयाँ लगानीमा प्रदेश गौरवको आयोजनाको रुपमा रंगशाला निर्माणको तयारी थालिएको हो ।

रंगशाला प्रदेश सरकारको लगानीमा बन्न लागेको हो । रंगशाला निर्माणको जिम्मा कम्पनी एमएसीरजिएसएल जोइन्ट भेन्चुर कान्तिपथ काठमाडौंले लिएको छ । हाल निर्माण सुरु भएको रंगशाला इपिसी डिजाइन एण्ड बिल्डअनुसार सम्झौता भएको रंगशालाको निर्माण फिफा स्ट्याण्डर्डमा हुने कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिए ।

दश हजार दर्शक अट्ने क्षमताको प्याराफिटसहितको रंगशाला निर्माण हुनेछ । उहाँका अनुसार टिभी लाइभ ब्रोडकाष्ट प्लेटफर्म, रंगशालाभित्रै ओलम्पिक टर्च स्ट्याण्ड र फिफा मापदण्डकै स्वीमिङ पुल पनि निर्माण हुनेछ । यसभित्र एक हजार ५०० दर्शक अट्ने बहुउद्देश्यीय कभर्डहल, भलिबल, ह्याण्डबललगायतका खेल खेल्न मिल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियाको ठाकुरबाबामा दशवर्षे शिक्षा योजना कार्याशाला सम्पन्न

१२ फाल्गुन २०७८, बिहीबार १६:१५
बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिकाले निर्माण गर्नका लागेको दशवर्षे शिक्षा योजनामाथिको अन्तिम मस्यौदा तयारी कार्याशाला सम्पन्न भएको छ भएको छ । गत ९ गतेदेखि नगर क्षेत्रका शिक्षा क्षेत्रका ब्यक्तिहरुको सहभागितामा गरिएको कार्यशालामार्फत प्राप्त सुझाव कार्यान्वयन गर्न मस्यौदा निर्माण कार्यदल गठन बनाएर मस्यौदा तयारी कार्यशाला सम्पन्न गरिएकोे हो । दशबर्षे शिक्षा […]