कामना सेवा फुटसल कप हुने

सदरलाइन संवाददाता २० मंसिर २०७८, सोमबार १३:०४
 

नेपालगञ्ज : कामना सेवा विकास बैंकको आयोजनामा पहिलो संस्करणको कामना सेवा फुटसल कप प्रतियोगिता आयोजना हुने भएको छ । बैंक, विमा तथा विभिन्न वित्तिय संस्थालाई समावेश गर्दै पुसको ९ र १० गते प्रतियोगिता आयोजना हुने भएको हो ।

सोमवार एक कार्यक्रमका बीच कामना सेवा विकास बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत (सिईयो) प्रविन बस्नेतले प्रतियोगिताको औपचारिक रुपमा घोषणा गरे । सञ्चालक सुवेदीले बैंक तथा वित्तिय संस्थाका कर्मचारीको स्वास्थ्यको प्रबद्र्धन गर्न र खेलमैत्री वातावरण निर्माणका लागि फुटसल आयोजना गर्न लागिएको बताए ।

सिईयो बस्नेतले कर्पोरेट क्षेत्रभित्रका प्रतिभालाई बाहिर ल्याउन प्रतियोगिताले मदत गर्ने बताए । उनले बैंक तथा वित्तिय संस्थाबीच आपसी सम्बन्ध र सहकार्य स्थापित गर्न यस्ता प्रतियोगिताले योगदान गर्ने उल्लेख गरे ।


प्रतियोगितामा बैंक तथा इन्श्योरेन्स गरि १५ बढी टिमले सहभागीता जनाउनेछन् । लिग कप नकआउटका आधारमा सञ्चालन गरिने प्रतियोगिता काठमाण्डौको कालोपुलस्थित धन्यन्तरी फुटसल मैदानमा हुनेछ । प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन र सञ्चालन खेलपाटीले गर्नेछ भने प्राविधिक सहयोग अखिल नेपाल फुटबल संघ (एन्फा)को फुटसल कमिटिको रहनेछ ।

कामना सेवाका ब्राण्डिङ अफिसर प्रशन्न श्रेष्ठले प्रतियोगितामा सहभागी हुन इच्छुक संस्थाले पुस २ गतेसम्म टिम दर्ता गर्न सक्ने बताए । उनले पहिलो आउने टिमलाई दर्ता प्रक्रियामा प्राथमिकतामा राखिने उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालमा ‘ओमिक्रोन’का दुई संक्रमित भेटिए, सम्पर्कमा आएका ६६ जनाको रिपोर्ट नेगेटिभ

२० मंसिर २०७८, सोमबार १३:०४
काठमाण्डौ : पहिलोपटक दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण नेपालमा पनि भित्रिएको छ । यहाँ रहेका एक नेपाली र विदेशी नागरिकमा पहिलोपटक कोरोनाको नयाँ भेरियन्ट देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीका अनुसार मंसिर ३ गते नेपाल प्रवेश गरेका ६६ वर्षीय विदेशी […]

सम्बन्धित