नेपाली महिला टोलीको विश्वकप खेल्ने सपना अधुरै

सदरलाइन संवाददाता १२ मंसिर २०७८, आईतवार १५:५८
 

नेपालगञ्ज : आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा युएईसंग ४८ रनले पराजित भएपछि नेपाल ग्लोबल छनोट पुग्न असफल भएको छ ।

६ टोली सम्मिलित प्रतियोगितामा सबै ५ खेल जित्दै घरेलु टोली युएई १० अंक जोडेर विजेता बन्दै ग्लोबल क्वालिफायरमा छनोट भएको छ ।

ग्लोबल क्वालिफायरमा पुग्ने लक्ष्य राखेको नेपाल हङकङ र युएईसँग पराजित भएपछि लक्ष्य अधुरै रह्यो । हङकङसँग भएको पहिलो खेल गुमाएको नेपालले भुटान, कुवेत र मलेसियालाई सहजै पराजित गरे पनि आइतबार निर्णायक खेलमा युएईसंग पराजित हुन पुग्यो ।


ग्लोबल क्वालिफायर पुग्न नेपालले युएईविरुद्धको आइतबारको खेलमा कम्तीमा १० बल अगावै युएईले दिएको १२८ रनको लक्ष्य पूरा गर्नुपर्ने थियो ।

आइतबार हुने खेलमा हङकङले कुवेतलाई पराजित गरेमा नेपाल तेस्रो हुनेछ । यो नतिजा आएमा दोस्रो हुनेमध्ये उत्कृष्ट रहेर ग्लोबल क्वालिफायर पुग्ने नेपालको सम्भावना पनि समाप्त हुनेछ । नेपालले अहिलेसम्म ग्लोबल क्वालिफायर पुगेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

करेन्ट लागेर एकजना विद्युत कर्मचारीको मृत्यु

१२ मंसिर २०७८, आईतवार १५:५८
बुटवल : बुटवल उपमहानगरको नयाँ भवन बन्दै गरेको स्थानमा विद्युतको करेन्ट लागेर विद्युत प्राधिकरणका एकजना कर्मचारीको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । बन्दै गरेको भवनमा विद्युत पोल सार्ने क्रममा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारी बसन्त भुसालको मृत्यु भएको हो । सोही क्रममा भवन निर्माणको दैनिक ज्यालादारीमा […]