बर्दियाका स्थानीयतहको शिक्षा नीति निर्माणका लागि तीनदिने कार्यशाला ठाकुरद्वारामा सुरु

सदरलाइन संवाददाता ११ मंसिर २०७८, शनिबार १८:४८
 


बर्दिया :  बर्दियाको स्थानीय तहको शिक्षाको नीति निर्माणको लागि तीन दिने कार्यशाला बर्दियामा सुरु भएको छ । प्लान इन्टरनेशन नेपाल, सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारीमा शिक्षा विकास तथा समन्वय इकाई बर्दिया र जिल्लाका ८ वटै स्थानीय तहको समन्वयमा स्थानीय शिक्षा नीति निर्माण कार्यशाला ठाकुरद्वारामा शनिबारदेखि सुरु भएको छ ।

कार्यशालामा प्लान इन्टरनेशनल नेपालका शिक्षा बिज्ञ बेदप्रसाद डागींले बर्दियाका ८ वटै पालिकामा गुणस्तिरिय शिक्षालाई निरन्तरता दिन स्थानीय शिक्षा नीति आबश्यक रहेको र बालविकास केन्द्रदेखि कक्षा ८ सम्मको शिक्षा स्थानीय तहको अधिकार भएकोले गुणस्तिरिय शिक्षा उपलब्ध गराउनका लागि स्थानीय शिक्षा नीति निर्माण गर्न आबश्यक रहेको बताए ।

उनले बर्दियाका धेरै स्थानीय असल अभ्यास तथा यसको दिर्घकालिन रुपमा निरन्तरता दिनका लागि प्रयास गरिएको बताउदै शैक्षिक नीतिले व्यक्ति, परिवार, समुदाय र मुलुकको वर्तमान र भविष्यको आवश्यकतालाई सम्बोधन गर्ने,े बाल चाहना, जनचाहना एवं संविधानको भावना र मर्मलाई पनि आत्मसाथ गरि अगाडि बढाउन आबश्यक रहेको कुरामा जोडदिए ।

नेपाल सरकारले ‘सम्बृद्ध नेपाल सुखी नेपाली’ सबैको लागि अनिवार्य र निःशुल्क गुणस्तरीय शिक्षा जस्ता कुरा रणनीति भित्र राखेकाले स्थानीय तहको शिक्षा नीति निमाण गर्नुपर्ने कुरामा उनकोे भनाई थियो ।


प्रमुख प्रशासकिय अधिकृत ओमकार शाहले कार्यशालाको शुभकामना दिनुका साथै प्लान इन्टरनेशनल नेपाल तथा स्याक नेपाल बाँकेले संचालन गरेका शिक्षा क्षेत्रका गतिबिधिहरु र्दिघकालिन रुपमा विद्यालयमा शैक्षिक गुणस्तरमा टेवा पुर्याएकोले पुन यस कार्यशालाले स्थानीय शिक्षाको गुणस्तरियताका लागि शिक्षा नीति निर्माण हुने विश्वास व्यक्त गरे ।

स्याक नेपालले बाँके र बदिया जिल्लाका स्थानीय तहसंगको समन्वयमा प्लान इन्टरनेशनलको साझेदारीमा परियोजना मार्फत काम गरिरहेको र बिगतमा गुणस्तरिय शिक्षाका लागि टेवा पु्र्याएको र बिभिन्न खालका विद्यालयका शिक्षकहरुको क्षमता बिकासमा काम गरिरहेको र आगमी दिनका यसलाई निरन्तरता दिने बताउदै यहाहरुको सक्रिय सहभागिताको लागि सस्थाको तर्फदेखि धन्यबाद दिदै कार्यशाला गोष्ठीको सफताको शुभकामना ब्यक्त गरेका थिए ।

स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डेको अध्यक्षतामा सुरु भएको कार्यक्रममा अतिथिका रुपमा मधुवन नगरपालिका प्रमुख प्रसाशकिय अधिकृत ओमकार शाहको आतिथ्यतामा उद्घाटन सत्र सुरु भएको कार्यक्रम तीन दिनसम्म संचालन हुने छ । कार्यशालामा बर्दियाका आठवटा स्थानीय तहको स्थानीय शिक्षा नीति निर्माण हुने गरि कार्ययोजना बनाएको छ । कार्यशालामा बर्दिया जिल्लाका ८ बटा स्थानीय निकायका शिक्षा शाखा प्रमुख एवम प्रतिनिधि, सामाजिक विकास समितिका पदाधिकारी, शिक्षा समितिका पदाधिकारीहरु जनप्रतिनिधि गरि ३२ जनाको सहभागीता रहेको छ ।

मंसिर १० देखि १२ सम्म संचालन हुने कार्यशालामा सहजिकरण डा. हरिप्रसाद पोखरेल, जगतबहादुर आले मगर, प्लान इन्टरनेशनल नेपालका सिकाइ परियोजना बिज्ञ बेदप्रसाद डागींले गर्ने जानकारी परियोजना अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संगठनात्मक अराजकता कम्युनिष्ट आन्दोलनको मुख्य चुनौती– नेता पोखरेल

११ मंसिर २०७८, शनिबार १८:४८
  सौराहा (चितवन) :  नेकपा एमालेका नेता शंकर पोखरेलले दशौं महाधिवेशनले सक्षम नेतृत्व चयन गर्ने दाबी गरेका छन । नेकपा एमालेको दशौं महाधिवेशनको बन्द शत्रको पूर्व सन्ध्यामा पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता पोखरेलले भने, ‘सक्षम टिम निर्माण गर्ने कुरा महाधिवेशनको मुख्य जिम्मेवारीका रुपमा रहेको छ । हामी यसैमा केन्द्रीत छौं […]

सम्बन्धित