अभिलाषाको जोडी पहिलो

सदरलाइन संवाददाता २६ कार्तिक २०७८, शुक्रबार १८:१२
 


काठमाडौं  : नेपालकी अभिलाषा विष्ट र अमेरिकाकी तेलर ग्योइत्जले आईटीएफ पाकिस्तान अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को गल्र्स डबल्समा शुक्रबार स्वर्ण जितेका छन् ।

पाकिस्तानको इस्लामाबादमा भइरहेको प्रतियोगिताको फाइनलमा अभिलाषा र तेलरको जोडीले रोमानियाकी डारिया स्टेफानिया र नेपालकी सर्वानी श्रेष्ठको जोडीलाई ६–१ र ६–२ को सोझो सेटमा सहजै पराजित गरे । त्यसअघि विजेता जोडीले सेमिफाइनलमा पाकिस्तानी जोडीमाथि पनि सहज जित निकाल्ने क्रममा ६–० र ६–१ को प्रदर्शन गरेको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन् ।


ब्वाइज डबल्समा भने नेपाली जोडीले रजतमा चित्त बुझाए । नेपालबाट आरभसम्राट हाडा र अकि जुवेन रावतले प्रतिस्पर्धा गरेका थिए । उनीहरुलाई प्रतिस्पर्धात्मक फाइनलमा टर्कीका अहनेट अताबे र आयरल्यान्डका युनेश तलाबारको जोडीले ६–०, ३–६ र ११–९ को सेटमा हराए । सर्किट– १ शनिबारसम्म चल्ने छ । त्यसपछि सर्किट– २ का खेलहरु खेलाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके चिसापानी ट्राफिक युनिटमा पहिलो पटक महिला इन्चार्ज

२६ कार्तिक २०७८, शुक्रबार १८:१२
बैजनाथ (बाँके) : बाँकेमा ट्राफिक व्यवस्थापनको लागि छुट्टयाईएको १२ वटा बुथ मध्ये एक बुथमा महिला ट्राफिक प्रहरीले नेतृत्व सम्हालेकी छन । जिल्ला ट्राफिक कार्यालय कोहलपुर अन्तरगत कोहलपुर–सुर्खेत राजमार्गको चिसापानीको ट्राफिक बुथको नेतृत्वको जिम्मा महिला ट्राफिक हवल्दार सबिता रावलले सम्हालेकी हुन् । सवारी चापको कारण ट्राफिक व्यवस्थापनमा कठिन नेपालगञ्ज, कोहलपुर, राँझा, […]