नेपालगञ्ज : सीता एयरको जहाज मंगलबार बिहान नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको छ । आज बिहान ७ बजे हुम्लाको सिमिकोट उड्ने क्रममा सिता एयरको 9N– AHB कल साईनको जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको हो ।
उड्नुअघि धावनमार्गमा गुडिरहेको बेला जहाज ३ वटा बँदेलका पाठासँग ठोक्किएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । जाहाजसंग ठोक्किएका बदेलका ३ वटै पाठा मरेका छन ।
दुर्घटनामा मानवीय क्षति भएको छैन । सबै यात्रु र चालक दलका सदस्यहरु सकुशल छन् । १४ यात्रु ३ चालकदलका सदस्य सहित र कार्गो बोकेको सो जहाजको अगाडिको टायर भन्दा माथिल्लो भागमा प्वाल पर्नुको साथै नोजल गरिएर भाँचिएको छ । धावनमार्गबाट जहाज हटाएर विमानस्थल सन्चालनको भइसकेको प्रहरीले जनाएको छ ।