मेडिकल कलेजको प्रशासनिक कक्षमा तालाबन्दी

सदरलाइन संवाददाता २ कार्तिक २०७८, मंगलवार १३:४९
 

नेपालगञ्ज : विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीले मंगलवार प्रशासनिक कक्षमा तालाबन्दी गरेका छन् । तलव वृद्धि, भत्तालगायतका विभिन्न सात बुँदे माग राखेर उनीहरु सोमवारदेखि आन्दोलनमा उत्रिएका हुन् ।

कर्मचारी संगठन, कर्मचारी संघ र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनको संयुक्त आन्दोलनरत कर्मचारीहरुले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।


तलवभत्ता वृद्धि हुनुपर्ने, दरवन्दी सिर्जना, पदपूर्ति र बढुवा हुनुपर्ने, अवकाश, उपदान, बीमा, सामाजिक सुरक्षा कोषलाई व्यवस्थित र प्रभावकारी गराइनु पर्नेलगायतका माग उनीहरुको छ ।

आन्दोलन परिचालन समितिका संयोजक यम बहादुर खड्काले पर्सिसम्म आफ्ना माग सम्वोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तरकारी टिप्न गएकी गृहणीको करेन्ट लागेर मृत्यु

२ कार्तिक २०७८, मंगलवार १३:४९
बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिका–४ बानियाँभारमा मंगलबार बिहानको तरकारी पकाउने बोडी टिप्न गएकी एक गृहणी महिलाको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ । सोमवार साँझ हावाहुरी सहितको बर्षा हुँदा विभिन्न ठाउँमा विद्युतका पोलहरू ढलेका कारण तारहरू भुईमा लत्रिएको जानकारी स्थानीय वासिन्दाले फोन मार्फत जानकारी दिदा पनि ढलेका पोल नउठाइकन […]