साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारत भिड्दै

सदरलाइन संवाददाता ३० आश्विन २०७८, शनिबार १३:०२
 

नेपालगञ्ज : शनिवार राती नेपालले ऐतिहासिक फुटबल फाइनल खेल्दैछ । नेपाल दक्षिण एशियाकै सबैभन्दा बलियो प्रतिद्वन्द्वी भारतसँग माल्दिभ्समा जारी १३ औं साफ च्याम्पियनसिपको फाइनल खेल खेल्न लागेको हो । हालसम्म भएका प्रतियोगितामा पहिलो पटक फाइनलमा प्रवेश गरेको नेपाली राष्ट्रिय फुटबल टिमले उपाधी जितेर इतिहास रच्ने दाउमा छ ।

शनिवार राति ८ बजेर ४५ मिनेटमा मालेस्थित राष्ट्रिय रंगशालामा हुने फाइनल भिडन्तमा नेपालले भारतलाई पराजित गरेर सुनौलो इतिहास रच्ने सोचका साथमा मैदानमा उत्रिदै छ । यसपटक नेपाल एकदमै राम्रो फर्ममा रहि फाइनलमा प्रवेश गरेको हो ।

उता भारतीय सहायक प्रशिक्षक शानमुगम वेंकटेशले पनि नेपाल भारतका लागि सबैभन्दा बलियो प्रतिद्वन्द्वी रहेको बताएका छन् । नेपाल समूह चरणदेखी नै राम्रो नजिता निकालेर पुरै टिम कन्फिडेन्स र मोटिभेटेड भएको हुनाले आजको फाइनल खेल भारतका लागि निकै कठिन हुने वेंकटेशले प्रतिक्रिया दिएका छन् ।


नेपालले समूह चरणमा आयोजक माल्दिभ्सलाई १–०, श्रीलंकालाई ३–२ पराजित गरेको थियो । समूह चरणमै बङलादेशसँग १–१ गोलले बराबरी खेलेको नेपाल भारतसँग १–० गोलले पराजित भएपनी ४ खेलम ७ अंक जोड्दै फाइनलमा प्रवेश गरेको थियो ।

नेपाल र भारत अहिले सम्म २२ पटक आमनेसामने हुँदा नेपालले २ पटक भारतलाई पराजित गर्दा भारतसँग नेपाल १५ पटक पराजित भएको छ । दुबै देशले ५ पटक बराबरी खेल भएका छन् ।

भारत साफ च्याम्पियनशिपको ७ पटकको बिजेता हो भने नेपालले पहिलो पटक फाइनल यात्रा तय गरेको छ । उपाधी जति पटक जितेपनी यसपटक नेपाली खेलाडीहरुले भारतलाई पराजित गरेर सुनौलो इतिहास रच्दै देश फर्किने सोचका मैदानमा आज राती होमिदै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रुकुममा स्थानीय युवा र प्रहरीबीच झडप, सात प्रहरी घाइते

३० आश्विन २०७८, शनिबार १३:०२
नेपालगञ्ज : रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा स्थानीय युवा र प्रहरीबीच झडप हुँदा सात जना प्रहरी घाइते भएका छन् । रुकुम पश्चिम बागबजारमा भएको झडपका क्रममा प्रहरी सहायक निरीक्षक कोमलराज बोहोरासहित सात जना प्रहरी घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । घाइते भएका सहायक प्रहरी निरीक्षक बोहोरालाई स्थानीय […]