भिम ओली भए लुम्बिनी प्रदेश खेलकुद परिषदको सदस्य सचिव

सदरलाइन संवाददाता ३ श्रावण २०७८, आईतवार १७:३९
 


नेपालगञ्ज  : बाँकेको खजुरा निबासी भिम ओली लुम्बिनी खेलकुद परिषद्का सदस्य सचिव नियुक्त भएका छन् । लुम्बनी प्रदेश सरकारको बुधबार बसैको मन्त्रीपरिषद्ले ओलीलाई सदस्य सचिव नियुक्त गरेको हो । योसँगै १ र २ बाहेक सबै प्रदेश खेलकुद परिषद्ले नेतृत्व पाएको छ । ओली तत्कालिन मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष हुन ।

२०७६ मा लुम्बनी प्रदेशले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्दा स्थानीय रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको ओली नेकपा एमाले बाँकेका युवा नेता हुन् । केहि साता अघि मात्र प्रधानमन्त्री केपी ओली समूहले पूर्नगठन गरेको नेपाल खेलकुद महासंघका उपाध्यक्ष मनोनित भएका ओली नेपाल भलिबल संघका केन्द्रिय सचिव पनि हुन् । लगातार दुई कार्यकाल उनी भलिबल संघको केन्द्रिय समितिमा रहेका छन् ।


प्रदेश खेलकूद विकास ऐन, २०७६ को दफा ३ को उपदफा ३ बमोजिम मिति २०७८ साउन १ गतेदेखि लागू हुनेगरी उनलाई प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशको सदस्य सचिव पदमा प्रदेशका शिक्षा तथा सामाजिक विकास मन्त्री धर्मबहादुर लाल श्रीवास्तवले नियुक्त गरेका हुन् ।फोटो : प्रेम सागर पौडेलको वालबाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुस्लिम संघद्वारा पर्वमा सार्वजनिक बिदाको माग गर्दै ज्ञापन

३ श्रावण २०७८, आईतवार १७:३९
नेपालगञ्ज  : मुस्लिम समुदायको इदुल अजहा (बकर ईद)मा सार्वजनिक विदाको माग गर्दै मुस्लिम समाज बाँकेले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । देशका सम्पूर्ण नागरिकको सुरक्षा र आस्थाको सम्मान गर्नु राज्यको कर्तव्य भएको भन्दै मुस्लिम समाजले ज्ञापनपत्र बुझाएको हो । केपी शर्मा ओलीको सरकारले पहिलो क्याविनेटबाट सम्पूर्ण विदाहरु […]

सम्बन्धित