कोरो प्रतियोगिताको सबै तयारी पुरा

सदरलाइन संवाददाता १ श्रावण २०७८, शुक्रबार १२:५२
 

नेपालगञ्ज : नेपालगञ्ज साईक्लीङ क्लबको आयोजनामा तेस्रो पटक हुन गईरहेको कोरा प्रतियोगिताको सबै तयारी पुरा भएको छ ।

क्लबका वरिष्ठ उपाध्यक्ष तथा २०२१ कोरा संयोजक लभराज श्रेष्ठका अनुसार शनिबार हुने विभिन्न धार्मिक स्थलहरुको साईकल यात्राबाट परिक्रमा गर्ने कार्यको सम्पूर्ण तयारी पुरा भएको तथा स्थानीय बागेश्वरी मन्दिर पूर्वलाईन न्यूरोड जोडिएको पार्कमा बिहान ६ बजेदेखि आफूले तय गरेको रुटमा कुनै औपचारिक कार्यक्रम नगरी आउनेलाई पठाउँदै गरिने छ ।

१०० किलोमिटर र ३० किलोमिटरको साईकल राईडिङ रहेको जानकारी गराउँदै उनले अनलाईनमार्फत फर्म भर्ना समेत सबैमा अनुरोध गरे । यसमा १५ जनाभन्दा बढी साईकल राईडरको सहभागिता नहुने र सहभागीहरुले स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्नुपर्ने उनले बताए ।

साईकल राईडरले आफ्नो रुट आफै तय गर्ने र उक्त रुटमा २ मिटर बराबरको दुरी गरी साईकल सर्कल गरी यात्रा गर्नुपर्ने जानकारी गराउँदै श्रेष्ठले १०० देखि १५० जनाको सहभागिता रहने लक्ष्यसहित शनिबार बिहान ६ बजेदेखि शुभारम्भ हुने बताए ।


उनले नेपालगञ्जलाई साईकल सिटी भनी चिनाउने उद्देश्यले कोरा कार्यक्रम विश्व व्यापी रुप मै राखिएको हुँदा नेपालगञ्जमा पनि आयोजना गर्न लगिएको बताए ।

उपाध्यक्ष श्रेष्ठका अनुसार जस्तो सुकै साईकल भएपनि चलाउन जान्ने व्यक्तिले सहभागिता जनाउन सक्ने छन् । नेपालगञ्जलाई चिनाउन सुनौलो अवसर भएको हुँदा जो सुकैले चाहे महिला वा पुरुष समेत सहभागिता जनाउन अनुरोध गरे ।

आफूले साईकल यात्रा पुरा गरिसकेपछि हैच कोरा २१ गरी फेसबुकमा फोटो राख्नुपर्ने छ जसले गर्दा अधिराज्य भरी साईकलमा यात्रा गरिएका वा सहभागिता जनाएकाहरुको रेकर्ड रहने छ ।

उनले विहिबारदेखि शुक्रबारसम्म अनलाईन फर्म परेकाहरुका लागि टिसर्ट वितरण कार्य जारी रहेको बताए । रजिष्ट्रेशन फर्म भरेकाहरुले सम्पर्क गर्न सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

घरयासी विवादमा श्रीमतीले गरिन् श्रीमानको हत्या

१ श्रावण २०७८, शुक्रबार १२:५२
दैलेख : दैलेखको नारायण नगरपालिका–११ टाटामाखुमा श्रीमतीले काठको मुंग्रो प्रहार गरी श्रीमानको हत्या गरेकी छन् । हत्याको कारण घरयासी विवाद रहेको दैलेख प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर इन्द्रजित सुनारका अनुसार घरयासी विवाद हुँदा ३३ वर्षीया श्रीमती सुशीला मल्लले अन्दाजी ३५ वर्षीय श्रीमान् खगेन्द्र मल्ललाई बिहीबार राति […]

सम्बन्धित