चमुण्डाद्वारा उपाधि रक्षा

सदरलाइन संवाददाता ६ बैशाख २०७८, सोमबार १९:०५
 


काठमाडौं  : डिफेन्डिङ च्याम्पियन चामुण्डा माविले गोकर्णेश्वर नगरस्तरीय अन्तर विद्यालय तेश्रो राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि सोमबार जितेको छ ।

विभिन्न खेल समावेश प्रतियोगितामा चामुण्डा सर्वाधिक १ सय ५७ अंकसाथ समग्रमा टिम च्याम्पियन बन्दै उपाधि रक्षा ग¥यो । दोश्रो भएको इस्टपोल १ सय ५५ अंकसाथ दोश्रो भयो । गत संस्करणमा पनि इस्टपोल दोश्रो भएको थियो । ८४ अंक जोडेको बाल सुधारले तेश्रो स्थानमा चित्त बुझायो ।

अन्तिम दिन शंखडोल कराते एकेडेमी भएको करातेको प्रतिस्पर्धाअन्तर्गत छात्र ४२ केजी र एकल कातामा बाल वाटिकाका विकेश मोक्तान, ४७ केजीमा बाल वाटिकाकै सन्जिव वाइबा तथा ५२ केजीमा सरस्वतीका विकास कार्कीले स्वर्ण जिते ।

छात्राको ४० केजी र एकल कातामा सरस्वतीकी सुस्मिता वाइबा, ४५ केजीमा जोरपाटी विलिभर्सकी सुनिता चौधरी तथा ५० केजीमा लिटिल बडकी अनिता तामाङले पहिलो स्थान हात पारे ।


गोकर्णेश्वर नगरपाकिलाद्वारा आयोजित प्रतियोगिताअन्तर्गत भलिबलको छात्रमा चामुण्डा तथा छात्रामा बाल सुधारले उपाधि जिते । कबड्डीको छात्रमा चामुण्डा तथा छात्रामा बाल सुधार उपाधि चुमे ।

विजेतालाई गोकर्णेश्वर नगरपाकिलाका मेयर सन्तोष चालिसेलगायतले सुन्दरीजलस्थित ओख्रेणी माविमा आयोजित एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतियोगितामा एथलेटिक्स, उसु, तेक्वान्दो, कराते, भलिबल र कबड्डी गरी ६ खेलमा प्रतिस्पर्धा भएको गोकर्णेश्वर नगरपालिकाअन्तर्गत शिक्षा तथा खेलकुद उपशाखाका रामनारायण शाहले जनाएका छन् । विभिन्न २३ विद्यालयका करिब २ सय खेलाडीले सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेश सरकारमा जसपा थपियो माओबादी केन्द्र बाहिरीयो

६ बैशाख २०७८, सोमबार १९:०५
बुटवल  : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद् विस्तार र हेरफेर गरेका छन् । यस अघि सरकारमा रहेका माओवादी केन्द्रको पहलमा प्रदेश संसद सचिवालयमा मुख्यमन्त्री पोखरेलबिरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो । उनले साढे तीन घण्टा मै मन्त्रिपरिषद बिस्तार गर्दै अविश्वासको प्रस्ताव साढे दुई घण्टामै तुहाई दिएका हुन । मुख्यमन्त्री […]