नेपालगञ्ज : नेपालगञ्ज रंगशालामा जारी एन्फा प्रेसिडेन्ट लिग फुटबल–२०७७ बिहीबार भएको खेलमा सुदूरपश्चिम प्रदेशको स्टार सिटी क्लव कैलालीले कर्णाली प्रदेशको लेकाली युवा क्लव जुम्लालाई ७–१ को अन्तरले विजयी भएको छ ।
स्टारसिटीको जीतमा स्टरसिटीका तर्फबाट जसीनं. १७का रुपबहादुर लामाले हेट्रिक सहित ५ गोलको योगदान रहेको थियो । उनले खेलको ३६, ५६, ६५, ८३ र ८६ औ मिनेटमा गोल गरेका थिए ।
स्टारसिटीका जर्सी नं. १९ का कप्तान टोपबहादुर विष्टले ६८ औं र जर्सी नं. १४ का रितिक खड्काले ९२ औ मिनेटमा गोल गरी खेललाई एकतर्फि रुपमा आफ्नो पक्षमा जित निकालेको हो ।
खेलको सुरुवाती चरणमा गोल गरेको लेकाली क्लवका जर्सी नं. १८ का रोशन रानामगरले ९ मिनेटमै गोल गरेको भएप नि स्टारसिटीको सामु खेललाई आफ्नो पक्षमा फर्काउन सकेनन् ।
खेलको म्यान अफ द म्याच ५ गोलको ब्यक्तिगत योगदान दिने स्टारसिटिका रुपबहादुर लामा घोषित भए । चैतको १५ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, बाग्मती प्रदेशको धादिङ समाज धादिङ, गण्डकी प्रदेशबाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, कर्णाली प्रदेशको लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन ।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन । अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो एन्फा प्रेसिडेन्ट लिग । यस प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन ।