
नेपालगञ्ज : नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेको १४ औं वार्षिक साधारणसभा तथा सातौं जिल्ला अधिवेशन आज नेपालगञ्जमा चलिरहेको छ ।
साधारणसभा तथा अधिवेशनको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष मनहरी बस्यालले आज एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन ।
बाँकेका अध्यक्ष शालिक सुवेदीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद् सुरेन्द्र हमाल, महासंघका महासचिव दिवाकर घिमिरे, शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादव, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष बुद्धिसागर सुवेदी, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ’चुन्ना’, प्याब्सन बाँकेका अध्यक्ष राजेन्द्र आचार्य लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
प्रथम उपाध्यक्ष मन्दिरा पाण्डेले स्वागत मन्तब्य दिएको सो कार्यक्रममा सचिव प्रदिप सापकोटाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्षका लागि प्रथम उपाध्यक्ष मन्दिरा पाण्डे र पूर्व उपाध्यक्ष किशोर आचार्य बीच प्रतिष्प्रर्धा छ ।


प्रतिक्रिया दिनुहोस्