नेपालगञ्जको पौडी पोखरी बुधवारदेखि सञ्चालन हुने

सदरलाइन संवाददाता २५ फाल्गुन २०७७, मंगलवार १२:४५
 

नेपालगञ्ज : नेपालगञ्ज रंगशाला परिसरमा निर्माण भएको पौडी पोखरी (स्विमिङ पुल) को बुधवार उद्घाटन हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले पोखरीको उद्घाटन गर्ने भएका छन् ।

सर्वसाधारणका लागि खुल्ला गर्न औपचारिकरुपमा उद्घाटन गर्न लागिएको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्दले जानकारी दिए । नेपालगञ्जको सवैभन्दा ठूलो पौडी पोखरी अन्तर्राष्ट्रिय मापदण्डमा अनुसारको छ ।

उद्घाटन अघि उक्त पौडी पोखरीको परीक्षण गरिएको छ । परीक्षण कालमै सशस्त्र प्रहरी तालिम केन्द्र नौवस्तामा तालिम लिइरहेका सशस्त्र प्रहरी हवल्दार र प्रहरी जवानले स्विमिङ सम्बन्धि तालिम लिएको चन्दले बताए ।


सशस्त्र प्रहरीका ३३ जनाले एक दिने तालिम लिएको बताउँदै उनले टाइमिङ र दूरी सम्बन्धि तालिम लिएको बताए । शारीरिक (पिटी) तालिम लिइरहेका सशस्त्र प्रहरीले दिनभर तालिम लिएर फर्किएको उनको भनाई छ ।

उनले तालिमका लागि विद्यालयले समेत पौडी पोखरी बुक गराइसकेको बताए । ‘धेरै विद्यालयले आफ्ना विद्यार्थीलाई तालिम दिन पौडी पोखरी बुक गराएर गएका छन्,’ उनले भने ।

दिउँसो १ बजे उद्घाटन हुने कार्यक्रम तय भएको बताउँदै उनले उद्घाटन कार्यक्रममा उपस्थितिका लागि पत्रकार, खेलप्रेमी, समाजसेवी, नागरिक समाजका अगुवा, राजनीतिक दलका नेता, खेलाडी, खेलसँग सम्बन्धित विभिन्न संघ, संगठन, जिल्ला तथा मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका कर्मचारी, समितिका पूर्व पदाधिकारी लगायत सवैमा आग्रह गरेका छन् । उपस्थितिका लागि पत्र र फोनमार्फत आमन्त्रण गरिएको छ । आमन्त्रण नपुगेको भए यसैलाई आधार मानेर उपस्थितिका लागि आग्रह गर्दछौँ,’ उनले भने ।

Next Post

युनेस्कोकर्मीका लागि एक दिने नेतृतव विकास तालिम

२५ फाल्गुन २०७७, मंगलवार १२:४५
नेपालगञ्ज  : युनेस्को क्लब महासंघको आयोजनामा युनेस्को क्लवकर्मीहरुको क्षमता बृद्धिका लागि एक दिने नेतृत्व विकास तालिम नेपालगन्जमा सम्पन्न भएको छ । नेपालका लागि युनेस्को राष्ट्रिय आयोका सहायक महासचिव डा बाबुराम अधिकारीले युनेस्कोले शिक्षा, समाज सेवा तथा संस्कृति संरक्षणको लागि काम गर्दै आएको जानकारी दिए । २५ जना युनेस्को क्लवकर्मी सहभागि […]

सम्बन्धित