२०८३ कात्तिक १० , सोमबार
Sadarline
२०८३ कात्तिक १० , सोमबार



 

नेपालगञ्ज  :  नेपाल मार्शल आर्ट्स हाप्किडो संघ, बाँकेले नेपालीहरुको महान पर्ब दशै, तिहारसँगै छठ पर्व र मोहमद डे लगायतका पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान पर्व विषेश कार्यक्रमको आयोजना गर्ने भएको छ ।

अध्यक्ष बुद्धिराज बर्तौलाका अनुसार संघको आयोजनामा मंगलबार नेपालगञ्जमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्न लागेको हो । ‘कोरोना महामारीका कारण सबैतिर त्रास फैलदो अवस्थामा नेपालीहरुको पर्व पनि आएका छन् ’ अध्यक्ष बर्तौला भन्छन्,–‘यही संकटको समयमा हामी एक आपसमा शुभकामना आदान प्रदान गरी दुःख भुलाउने प्रयास गर्ने छौं । एक अर्कामा हौसला थप्ने प्रयास गर्ने छौं ।’

अध्यक्ष बर्तौलाले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । नेपालगञ्जको सुर्खेतरोडको स्वस्तिक कटेजमा कार्तिक २५ गते दिनको १२ बजेबाट शुभकामना आदान प्रदान कार्यक्रम सुरु हुनेछ ।

 

प्रकाशित मिति : २०७७ कात्तिक २४ गते सोमबार
ताजा समाचार