२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

आयान डिष्टिब्युटरबारे बिशाल ग्रुपले खोल्यो मुख, यस्तो छ तथ्य



काठमाडौं : आयान डिष्टिब्युटरमा फेला परेको म्याद नाघेका अखाद्य बस्तुलाई लिएर आफूमाथि निरन्तर आक्रमण भएपछि प्रतिष्ठित ब्यापारी घराना बिशाल ग्रुपले मुख खोलेको छ । केहीदिन अघि आयान डिष्टिब्युटरको कलंकीस्थित गोदाममा म्याद नाघेका खाद्य सामाग्री बरामद भएपछि बिशाल गु्रप नै यस्तो अबैध काममा संलग्न रहेको समाचार आएपछि बिज्ञप्ती नै जारी गरी बिशाल गु्रपले तथ्य बाहिर ल्याएको हो ।

बिशाल गु्रपले म्याद नाघेका खाद्य बस्तु बितरण गर्ने आयान डिष्टिब्युटरसँग आफ्नो कुनै संलग्नता नरहेको र प्रत्यक्ष अप्रत्यक्ष रुपमा आयान डिष्टिब्युटर आफ्नो ग्राहक पनि नरहेको प्रष्ट पारेको छ । ‘आयान डिष्टिब्युटर प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि रुपमा बिशाल ग्रुपको ग्राहक नरहेको ब्यहोरा सम्बन्धित सवैलाई जानकारी गराउँदछौं’–विज्ञप्तीमा उल्लेख छ ।

‘हामीबाट बिधिवत रुपमा आयात गरिएका बस्तुहरुको प्रयोगको म्याद समाप्त भएको खण्डमा उक्त म्याद समाप्त भएको बस्तुहरु फिर्ता लिई सोको शतप्रतिशत शोधभर्ना गर्ने बिशाल गु्रपको संस्थागत नीति रहेको छ । तसर्थ बिशाल गु्रप यस प्रकारको अवान्छित र भ्रम सिर्जना गर्ने समाचारको खण्डन गर्दछ’–बिशाल गु्रपले बिज्ञप्तीमार्फत भनेको छ ।

सो घरानाले म्याद समाप्त हुन लागेका र म्याद समाप्त भइसकेका उपभोग्य बस्तुहरु समयमै नष्ट गर्न सकियोस भन्ने हेतुले यस गु्रपले सदैव आफूबाट आयातित बस्तुहरुको संस्था अन्तर्गतका सप्लाई चेनमा कडा निगरानी राख्दै आएको तथ्य पनि सार्वजनिक गरेको उल्लेख छ ।

प्रकाशित मिति : २०७७ असोज २५ गते आइतबार
ताजा समाचार