सदरलाइनडटकम,
डुडुवा (बाँके) : पाँच नंम्बर प्रदेश सरकारको कृषि स्मार्ट गांउ कार्यक्रम अन्तर्गत डुडुवा गांउपालिका वडान. ३ का किसानहरुलाई कृषि सामाग्री बितरण गरिएको छ ।
परम्परागत कृषि प्रणालीलाई विस्थापित गर्दै आधुनिक कृषि प्रणाली अपनाउने प्रदेश सरकारको नीति अनुसार किसानलाई प्रबिधिसंग जोड्न कृषि स्र्माट गाउको अवधारणा ल्याईएको हो ।
बाँके निर्बाचन क्षेत्र नं. २ का सांसद तथा पुर्व शहरी बिकास मन्त्री मो.इस्तियाक राइ , तथा प्रदेश सांसद कृषि वन तथा वातावरण समितिका सभापति बिजयबहादुर यादवले बिहीबार बनकट्टी कृषि स्मार्ट गाउका ६१ जना किसानलाई पानी तन्ने पम्पसेट मोटर, घाँसकाट्ने मेसिन। दुध राख्ने क्यान र डि–फ्रिज बितरण गरेको बनकट्टीका स्थानीयबासिन्दा समेत रहेका सञ्चारकर्मी राजेन्द्र विश्वकर्माले जानकारी दिए ।