मापदण्डविपरीतका क्रसर उद्योग बन्द गरिने

१४ असार २०७७, आईतवार १३:५०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : मापदण्डविपरीत सञ्चालित बाँकेका क्रसर उद्योग बन्द गरिने भएको छ । जिल्लामा सञ्चालित २७ वटा क्रसर उद्योगमध्ये ३ वटा मात्रै मापदण्ड पुरा गरेकोले बाँकी क्रसर उद्योगलाई बन्द गरिने भएको हो ।
जिल्ला अनुगमन समितिको बैठकले मापदण्ड विपरीत सञ्चालित क्रसर उद्योग आइतवारबाट बन्द गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले जानकारी दिए ।
बाँकेका क्रसर उद्योगहरु केहीको लाइसेन्स छैन त केहीले नविकरण गरेका छैनन् ।
समितिले मापदण्डविपरीतका क्रसर उद्योगले जम्मा पारेर राखेको नदीजन्य पदार्थ जफत गर्ने निर्णय गरेको छ । नदीजन्य पदार्थको उत्खनन् बन्द भएपछि अधिकांश क्रसर उद्योगले नदीजन्य पदार्थ जम्मा पारेर राखेका छन् ।
बाँकेमा असार १ गतेदेखि नदीजन्य पदार्थको उत्खनन् बन्द गरिएको छ । जिल्ला समन्वय समितिका संयोजक अध्यक्ष रहने जिल्ला अनुगमन समितिमा प्रमुख जिल्ला अधिकारी, एसपीहरु, घरेलु, वन, नापी, मालपोत अधिकृत सदस्य रहेका छन् ।

Next Post

आइतवार ४६३ जना कोरोना संक्रमित थपिए

१४ असार २०७७, आईतवार १३:५०
सदरलाइनडटकम, नेपालगञ्ज : देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पछिल्लो २४ घण्टामा ४६३ जना संक्रमित थपिएका छन् । जनसंख्या मन्त्रालयले जनाए अनुसार आइतवार थपिनेमा १०५ जना महिला र ३५८ पुरुष छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार सात सय ७२ पुगेको छ । स्वास्थ्य तथा मन्त्रालयका प्रवक्ता डा. […]