सदरलाइनडटकम,
नेपालगञ्ज : भारतीय क्वारेन्टाइनबाट फरार भएका दुई जना नेपालीको बाँके प्रहरीले नाकामा कडा निगरानी गरिरहेको छ । दाङका विष्णु चौधरी र भरत चौधरी नाकाबाट भित्रिनसक्ने भन्दै प्रहरीले निगरानी थालेको हो ।
चौधरीद्वय भारतको केरला क्वारेन्टाइनबाट भागेको प्रहरीलाई सूचना आएको छ । केरलाबाट उनीहरु कुन नाकाबाट नेपाल प्रवेश गरे खुल्न सकेको छैन । प्रहरीले कृष्णनगर र रुपईडिहा नाकामा निगरानी गरेको छ ।
कोरोना आशंकित भएकाले उनीहरुलाई केरला क्वारेन्टाइनमा राखिएको थियो । उनीहरु त्यहाँबाट भागेर हिडेको नेपालमा सूचना आएको छ । प्रहरीले नाकामा फेला परेमा क्वारेन्टाइनमा राख्ने तयारी गरेको छ । बाँकेका प्रहरी प्रवक्ता डिएसपी शिवबहादुर सिंहले उनीहरु यो नाकाबाट नआएको बताए ।
Next Post
भारतमा आज जनता कर्फ्यु
९ चैत्र २०७६, आईतवार १३:२६
सम्बन्धित
-
१९ जेष्ठ २०७५, शनिबार १५:०६
सर्च एजुकेशन कन्सलटेन्सीको आयोजनामा २२ जनाले गरे रक्तदान
-
३० पुष २०७९, शनिबार १३:२५
अन्तरजातीय विवाह गर्नेलाई एक लाख दिइने
-
१२ पुष २०७९, मंगलवार १४:०७
७ औँ राष्ट्रिय थारु साहित्य सम्मेलन बाँकेको फत्तेपुरमा हुने
-
४ माघ २०७८, मंगलवार १२:३९
कर्मचारी संक्रमित भएपछि नरैनापुर बन्द
-
१ माघ २०८०, सोमबार १४:१५
थारू समुदायमा माघीको रौनक
-
२५ माघ २०७४, बिहीबार १५:५९
नेपालगन्ज उप–महानगरलाई बालश्रममुक्त पार्ने अभियान तीव्र पारिदै