प्राईभेट फर्म नविकरणको सुबिधा उपयोग गर्न संघको आग्रह

२३ फाल्गुन २०७६, शुक्रबार २०:१०
 

सदरलाइनडटकम,
नेपालगञ्ज   : नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्नाले प्राईभेट फर्महरुको नबिकरण लामो समयदेखि हुन नसक्दा व्यवसायीलाई विभिन्न झमेला ब्यहोर्नु परेको अवस्था अब नहुने बताएका छन् ।

उनले संघको पहलमा बाणिज्य आफूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्ज बाँकेका कार्यालय परिसरमा प्राईभेट फर्म नबिकरणको लागि हेल्पडेस्क स्थापना गर्दै सरकारले दिएको सुबिधा उपयोग गर्न समेत आग्रह गर्दै सो कुरा बताएका हुन ।

लामो समयदेखि विभिन्न कारणले हुन नसकेको यस क्षेत्रका प्राईभेट फर्महरुको नविकरण अब आगामी ०७७ असार मसान्तसम्ममा हुने भएको जानकारी दिए ।

विभिन्न कारणले सञ्चालनमा रहेर पनि आफ्नो व्यावसायीक प्रतिस्ठान बाणिज्य आफूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्ज बाँकेमा नबिकरण हुन सकेका थिएनन । नेपालगन्ज उद्योग वाणिज्य संघले पटक–पटक सरकारसंग प्राईभेट फर्म नविकरण खुलाउन माग गर्दै आएको अवस्थामा नयाँ व्यवस्थाले बाँके लगायत देशभरका उद्योगी, व्यवसायीलाई राहात महसुस गराउने अध्यक्ष मन्सुरीले बताए ।

उनले संघको निरन्तर प्रयासले फर्म नवीकरणको वातावरण बनेकाले यसको समयमै सदुपयोग गर्न सम्पूर्ण उद्योगी, व्यवसायीलाई आह्वान गरेका छन् । उनले आफुहरु व्यवसायीको मर्कालाई सम्बोधन गर्नको लागि नतिजामुखी पहल गर्ने उद्घोष गरे अनुरुप काम गर्दै आएको कारण सरकारले सुनुवाई गरेको दाबी गरे ।


उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले प्राईभेट फर्म रजिष्ट्रेशन ( १२ औं संशोधन) नियमावली,२०७६ मार्फत नविकरणको म्याद गुजारेका उद्योगी, व्यवसायीलाई फर्म नवीकरणको व्यवस्था मिलाएपछि सो कार्यको लागि ढोका खुलेको हो ।

नयाँ व्यवस्था अनुसार, प्राईभेट फर्म नविकरण गराउन नसकेको प्राईभेट फर्मको धनीले त्यसको मनासिव कारण खुलाई विक्रम संवत २०७७ असार मसान्तभित्र नविकरण गराउनका लागि दरखास्त दिएमा र त्यस्तो दरखास्त जाँचबुझ गर्दा कारण मनासिव देखिएमा नविकरण हुने बाणिज्य आफूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्ज बाँकेका कार्यालय प्रमुख कृष्ण पौडेलले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार बाँकेमा मात्र करिव १७ हजार प्राईभेट फर्म नबिरकण गर्न बाँकी रहेका छन् । फम नविकरण नहुँदा व्यावसाय सञ्चालनको लागि बैंक तथा बित्तिय संस्थाबाट लिईने व्वासयिक कर्जा उपलब्ध नहुने साथै अनेकन सरकारी झमेला हुने गरेको व्यावसायीको गुनासो छ ।

संघका निबर्तमान अध्यक्ष नन्दलाल बैष्यले हालको नविकरण सम्बन्धित नयाँ व्यवस्थाको सरल र सहज कार्यान्वयन गर्नका लागि वाणिज्य कार्यालय नेपालगन्जसंग समन्वय गर्दै संघले २०७६ फागुन २३ गतेबाट नवीकरणको काम शुरु गरेकोले त्यसको मौकाको फाईदा उठाउन र कुनै पनि प्रकारको समस्या उत्पन्न भए नेपालगन्ज उद्योग वाणिज्य संघमा सम्पर्क गर्न हुन अनुरोध गरे ।

उद्योगी, व्यवसायीको सहजताका लागि संघले वाणिज्य कार्यालयमा हेल्प डेक्स समेत स्थापना गर्दै छ । उक्त हेल्प डेक्सको शुक्रवार बिहान उद्घाटन गरिएको जानकारी दिदै संघका महासचिव चिरञ्जिवी ओलीले संघले व्यावसायीको हितको लागि हेल्पडेस्केको स्थापना गरी नविकरणमा भएका जटिलतालाई सहजिकरण गर्ने बताए ।

Next Post

डोल्पामा फैलिएको रोग रुघाखोकी भएको पुष्टी

२३ फाल्गुन २०७६, शुक्रबार २०:१०
सदरलाइनडटकम, डोल्पा : डोल्पामा फैलिएको अज्ञात रोग कोराना नभई मौसमी रुघाखोकी भएको पुष्टि भएको छ । त्रिपुरासुन्दरी नगरपालिका वडा नं. १ करेलीकाँडाका तीन जना बिरामीको नमुना काठमाण्डौ पठाएर टेकु अस्पतालमा परीक्षण गराउँदा रोगको पुष्टि भएको हो । गाउँनै थला पार्ने गरि दुई सातादेखि फैलिएको उक्त रोग कोरोना नभई मौसमी रुघाखोकी […]