२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

काउली बालीमा ‘ब्रिकेट’ युरियाको सफल परीक्षण



सदरलाइनडटकम,
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियामा सञ्चालित काउली बालीमा मलखाद परीक्षण तथा प्रदर्शनीको बुधवार कृषकहरुले अवलोकन भ्रमण गरेका छन् । युएसएआइडीको आर्थिक सहयोगमा सिमिट इन्टरनेशनल तथा महातरकारी उत्पादन सहकारी संस्था लिमिटेडको साझेदारीमा सञ्चालित प्रदर्शनीको कृषकहरुले अवलोकन गरेका हुन् ।
कृषक दिवसका अवसरमा किसानहरुले गरेको अवलोकन भ्रमणमा युरिया मलभन्दा अर्कै रासायनिक मलखाद प्रयोग गरी गरिएको काउली (फुलगोभी) खेतीले राम्रो उत्पादन दिने बताएका थिए ।


बजारमा पाइने बोरावाला युरिया मलभन्दा ब्रिकेट युरियाले काउली बालीमा उत्पादकत्वका साथै उत्पादनमा समेत बृद्धि हुने अनुमान गरिएको सिमिट इन्टरनेशनल बाँकेका प्राविधिक रोशन शाहले जानकारी दिए ।
काउली बालीमा अन्य रासायनिक मलभन्दा ब्रिकेट युरियाको राम्रो प्रभाव देखिएको महातरकारी उत्पादन सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष जयपाल मौर्यले बताए ।

प्रकाशित मिति : २०७६ माघ २९ गते बुधबार
ताजा समाचार