नेपालगञ्ज उद्योग बाणिज्य संघमा नयाँ कार्यसमितिको पदभार ग्रहण

२६ माघ २०७६, आईतवार ११:०९
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपालगञ्ज उद्योग बाणिज्य संघको नव निर्वाचित कार्यसमितिले शनिबार सपथ ग्रहणसंगै पदभार ग्रहण गरेको छ । सो अवसरमा संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ सहित विजयी सबै पदाधिकारी र कार्यसमिति सदस्यहरुले पद तथा गोपिनयताको सपथ ग्रहण गरेका हुन ।
यसैगरी उपाध्यक्ष उद्योग आदेशकुमार अग्रवाल उपाध्यक्ष वाणिज्य अमित बस्नेत, कार्यसमितिमा खुला १२ सदस्य मध्ये हरिलाल न्यौपाने, चिरञ्जीवी ओली, श्यामसुन्दर अधिकारी, विजय भण्डारी बासु, मन्दिरा पाण्डे, धर्मराज अर्याल, टंकबहादुर धामी र भिमबहादुर रानाभाट, साझा प्रजातान्त्रिक समुहबाट टंकप्रसाद शर्मा, बिन्दु चर्तीमगर, बिष्णुप्रसाद श्रेष्ठ र टेकबहादुर खड्काले सपथ लिए । यसैगरी एशोसिएट्सतर्फबाट संजय अग्रवाल र दिपेन्द्र विष्ट वस्तुगततर्फ सलाउद्धिन जसगढ, बद्री श्रेष्ठ र भिमलाल कँडेलले सपथ लिए । उनीहरुलाई प्रमुख निर्वाचन अधिृत टिकाजंग सिंहले सपथ ग्रहण गराएका थिए ।
सो कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले प्रदेशको आर्थिक राजधानीको रुपमा नेपालगन्जलाई विकास गर्नको लागि आग्रह गरे । उनले भने–‘नेपालगन्ज केही भएन भन्दै पिर मान्ने भन्दा प्रदेश कै आर्थिक राजधानीको रुपमा विकास गर्नको लागि संघले पहल गरे हामी सहयोग गर्न तयार छौ ।’
निवर्तमान अध्यक्ष नन्दलाल बैश्यले नया समितिलाई आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । उनले नयाँ कार्यसमितिले अफ्नो आवश्यकता महशुस गरेसहयोग गर्नको लागि सदैव तयार रहने स्पष्ट पारे ।
यसैबीच संघका नव निर्वाचित अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्नाले संघमा सबैलाई समेटेर नेपालगन्जका उद्योगी व्यावसायीको हितको लागि आफुले काम गर्ने बताए । उनले भने–‘ म धेरै बोल्नु भन्दा पनि काम गरेर देखाउने छु ।’
सो कार्यक्रममा प्रदेश ५ का अध्यक्ष गुणनिधि तिवारी, केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य दामोदर आचार्य, अचुत प्रसाई नेकपाका अध्यक्ष आईपी खरेल, नेपाली काँग्रेस बाँकेका अध्यक्ष किरण कोईराला लगायतको सहभागिता रहेको थियो ।

Next Post

धमाधम लागू औषधका डिलर समाउदै बाँके प्रहरी

२६ माघ २०७६, आईतवार ११:०९
सदरलाइनडटकम, नेपालगञ्ज : बाँके प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित लागू औषध ब्राउन सुगर र प्रतिबन्धित ईन्जेक्सनसहित ३ जनालाई नियन्त्रणमा लिन सफल भएको छ । बाँके प्रहरीका अनुसार सीमावर्ती भारतीय शहर रुपैडिहाबाट नेपालगञ्ज आउदै गरेका भारतीय नागरिकबाट २ सय ग्राम र नेपाली नागरिकबाट १८ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर बरामद भएको […]