सदरलाइनडटकम,
काठमाण्डौ : कोरोना भाइरसका कारण चीनमा १ सय ६ जनाको मृत्यु भएको छ । भाइरसका कारण चार हजारभन्दा बढी संक्रमित भएको चिनीयाँ अधिकारीहरुले जनाएका छन् ।
दुई हप्ता अघि चीनको वुहानबाट फैलिएको भाइरसका कारण यसलाई थप शहरमा फैलिन नदिन यातायात आवागमनमा थप कडाइ गरिएको छ । वुहान शहर र त्यो शहर रहेको हुबे प्रान्तको अधिकांश स्थान बन्द जस्तै रहेको छ ।
विश्वभर फैलिएको यो सक्रंमणले अलिहे महामारीका रुपमा लिने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । अहिलेसम्म चीनबाहेक नेपालसहित १६ देशमा यसको संक्रमण फैलिएको छ । अमेरिकामा पनि यसको सक्रमण फैर्लिपछि आफ्ना नागरिकलाई चीन यात्रामा जाँदा पुनर्विचार गर्न र हुबे प्रान्तमा यात्रा नगर्न सुझाएको छ ।
अन्य देशले पनि चीनको यात्रामा नजान र आफ्ना नागरिकलाई त्यहाँबाट फिर्ता ल्याउन थालेका छन् । चीनभन्दा बहिर भने हालसम्म कोरोनाभाइरसको सङ्क्रमणका कारण कसैको मृत्यु भएको छैन । (एजेन्सी)