अश्लील भिडियो बनाउने तीन जना पक्राउ

२५ कार्तिक २०७६, सोमबार १७:४५
 

सदरलाइनडटकम,
दाङ : इलाका प्रहरी कार्यालय तुलसीपुर दाङले अपहरण गरी युवा र युवतीलाई बन्धक बनाएर अश्लील भिडियो बनाएर पैसा माग्ने तीनजना युवालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहागरपालिका ३ खमारी निवासी १९ वर्षीय विमल वली, सोही ठाउँ निवासी १९ वर्षीय नविन नेपाली र २६ वर्षीय दुजबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई नियन्त्रणमा लिन सोमवार बिहान दुई राउन्ड फायरिङ गर्नुपरेको इप्रका तुलसीपुरका प्रमुख डिएसपी हरिहरनाथ योगीले बताए । युवा युवतीलाई बन्धक बनाउने र अश्लील भिडियो बनाउने मध्यका तुलसीपु ३ कै २३ वर्षीय ईश्वर पुन र २० वर्षीय अर्जुन पुन फरार रहेको प्रहरीले जनाएको उनीहरुको खोजी तीव्र पारिएको प्रहरीले बताएको छ ।
गत शनिवार दिउँसो साढे ३ बजे रा४प ६०८३ नम्बरको मोटरसाइकलमा तुलसीपुर उपमहानगरपालिका ३ खमारीस्थित चमेरे गुफाबाट फर्किंदै गर्दा तुलसीपुरका एक महिला र पुरुषलाई स्थानीय युवाहरुले बन्धक बनाएका थिए । बन्धक बनाएर त्यो समूहले उनीहरूको अश्लील भिडियो बनाएको र सार्वजनिक गरिदिने भन्दै ५ लाख रुपैयाँ माग्दै आएका थिए ।
५ जना युवाहरुले मिलेर सडक खण्डदेखि ५० मिटर माथि टाकुरामा अपहरणपछि कुटपिट गर्नुका साथै डर त्रास देखाएर अश्लीलता प्रकट हुने भिडियो बनाएको र त्यसैका आधारमा बार्गेनिङ गर्ने गरेको प्रहरीले जनाएको छ । उक्त दिन ती युवाहरुले सवारी चालक अनुमति पत्र, युवा युवतीका २ थान मोवाइलसमेत खोसेर लगेका थिए । सोही जाहेरीका आधारमा उनीहरू पक्राउ परेको डिएसपी योगीले बताए ।

Next Post

अदालतका कर्मचारी अख्तियारको फन्दामा

२५ कार्तिक २०७६, सोमबार १७:४५
सदरलाइनडटकम, रुकुम पश्चिम : घुस माग्ने रुकुम पश्चिमका एक कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । जिल्ला अदालत रुकुम पश्चिममा कार्यरत नायब सुव्बा रमेशकुमार खड्कालाई सेवाग्राहीसँग घुस माग्दै गरेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको हो । आयोगलेका प्रवक्ता प्रदिपकुमार कोइरालाले निकालेको विज्ञप्ति अनुसार अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई […]