सदरलाइनडटकम,
बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी निकुञ्जकै हात्तीसारमा कार्यरत कर्मचारी माहुतेको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–७ मोहनपुर घर भएका ४२ वर्षीय मंगरु थारुको मृत्यु भएको हो ।
निकुञ्जस्थित गैंँडा मचान नजिकै हात्तीलाई घाँस काट्न गएका थारुको बाघको आक्रमणमा परी मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत रवीन कडारियाले बताए । थारु २२ वर्षदेखि हात्तीसारमा करार कर्मचारीको रुपमा कार्यरत थिए ।
हात्ती लिएर जंगल पसेका थारु हात्तीबाट ओर्लिएर हात्तीलाई खर काट्ने क्रममा एक्कासि बाघले आक्रमण गरेर सय मिटर पर लगेको थियो । निकुञ्जको हात्तीसहितको टोलीले हल्लाखल्ला गर्दै थारुको खोजी गरेपछि बाघ भागेको थियो ।
Next Post
भारतीय मुद्रण उद्योगीको टोली नेपालगञ्जमा
१९ कार्तिक २०७६, मंगलवार १७:३८
सम्बन्धित
-
२२ असार २०७८, मंगलवार १३:५४
बाँकेमा भेरोसेलको दोस्रो डोज आज लगाईंदै
-
५ चैत्र २०७९, आईतवार १३:०९
जसपाकी केन्द्रिय सदस्य सन्ध्या देव जनमत पार्टीमा प्रवेश
-
१८ असार २०७९, शनिबार १४:४७
फुल्टेक्रा माविमा वृक्षारोपण
-
३० जेष्ठ २०७७, शुक्रबार ०९:४३
मोटरसाईकलमा एक र चारपाङ्गेमा ३ जनामा मात्र
-
२६ माघ २०८०, शुक्रबार १८:१०
बाटो नहुँदा भारतबाट आउजाउ गर्नुपर्ने बाध्यता
-
२२ श्रावण २०७८, शुक्रबार १४:४९
लागुऔषधसहित रुपन्देहीमा ३ जना पक्राउ