पाँचजना कारागार चालान, एकजना धरौटीमा रिहा

१७ कार्तिक २०७६, आईतवार १९:१६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडको करोडौ रूपैयाँ अपचलनको अभियोगमा जिल्ला अदालत बाँकेले चारजनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
४३ करोड रुपैयाँ अपचलन भएको भनिएको अभियुक्तहरुको सुनुवाई गर्दै न्यायाधीश धनिश्वर पौडेलको इजलाशले आइतवार सहकारीका प्रमुख प्रबन्धक गोपाल भण्डारी, सहायक प्रमुख प्रबन्धक गंगाधर सुबेदी, बैंकिङ्ग प्रबन्धक अरुणकुमार पाठक र सहउपसहायक बलराम यादवलाई थुनामा राख्न आदेश दिएको हो ।
अभियुक्तद्वय लेखा समिति सदस्य स्थिरमणी बज्राचार्य र ओमप्रकाश चौधरीसँग जनही २० लाख रूपैयाँ धरौटी मागिएको छ । बज्राचार्य दिउँसो २० लाख नगद धरौटी बुझाएर रिहा भएका छन् भने चौधरीले धरौटीमा जायजेथा राखिपाउँ भनेर निवेदन दिएका छन् । जग्गाको मूल्याङ्कनलगायतका प्रक्रियामा कम्तीमा एक साता लाग्ने भएकाले चौधरीलाई थुनामै बस्नु पर्नेछ ।
बाँके प्रहरीले गठन गरेको विज्ञ समूहको सहयोगमा भएको छानबिनमा सहकारीको कूल पूँजी ५२ करोडबाट ४३ करोड रूपैयाँ अपचलन भएको दाबी गरेको छ । जिल्ला अदालत बाँकेमा सहकारीका सञ्चालक र कर्मचारी गरी ४१ जनाविरुद्ध सहकारी रकम हिनामिना, ठगी र संगठित अपराधअन्र्तगत अभियोग पत्र दायर गरेको छ । चारजना कर्मचारी र दुईजना लेखा समिति सदस्य गरी ६ जना मात्र पक्राउ परेका थिए । ३५ जना अभियुक्त फरार छन् ।
सहकारीका ११ हजार नौ सय ८ निक्षेपकर्ता र एक हजार आठ सय ६० शेयरधनीमध्ये एक हजार नौ निक्षेपकर्ता र शेयर धनीले जिल्ला प्रहरी कार्यालय बाँकेमा आफ्नो रकम फिर्ता गरी अभियुक्तमाथि कारबाहीको माग गर्दै जाहेरी दिएका छन् ।

Next Post

सातै प्रदेशमा प्रमुखको नाम सिफारिस

१७ कार्तिक २०७६, आईतवार १९:१६
सदरलाइनडटकम, काठमाण्डौ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले सातै प्रदेशका प्रमुखहरुको नाम टुंगो लगाएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले आइतवार सातै प्रदेश प्रमुखको पदमुक्त गरेका थिए । नेकपा सचिवालयले रिक्त रहेको प्रदेश प्रमुखको पदमा मनोनयन गर्न नेपाल सरकारसँग सिफारिस गर्ने निर्णय गरेको पार्टीका महासचिव विष्णु पौडेलले बताए । पार्टीले […]