२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

गुल्मीमा तीन जनाको शव भेटियो



सदरलाइनडटकम,
गुल्मी : गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ हर्राचौरमा शनिवार तीन जनाको बेवारिसे शव भेटिएको छ । जसमध्ये एकजना महिला र दुई बालबालिका रहेका छन् ।
महिला अन्दाजी २७ बर्ष र बालिकाद्वय अन्दाजी ७ र अर्को ११ बर्षको रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी मीन बहादुर घलेले बताए । महिलाबाट एउटा बालिकाको शव दुई सय मिटर र अर्को बालिका दुई सय ३० मिटरको दुरिमा फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६ कात्तिक १६ गते शनिबार
ताजा समाचार